"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बाँके घटना : कांग्रेससंग सहमती भए पनी सत्तापक्षका कारण पुनः बैठक स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदले अरोपित वडाध्यक्षलाई मुद्दा लगाए स्वीकार्य नहुने बताएसँगै संसदमा नयाँ गत्यावरोध सृृजना भएको छ । संसद सुचारु गर्न सहमत भएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रोष्टम घेराउ गरेको छ र, बैठक स्थगित भएको छ ।

बाँके घटनालाई लिएर खजुरा गाउँपालिका १ का वडाध्यक्ष सुमन मल्लविरुद्ध दिएको किटानी जाहेरी दर्ता भएसँगै कांग्रेस संसद सुचारु गर्न सहमत भएको थियो । त्यसअनुसार सोमबारको बैठकमा कांग्रेस सचेतक पुष्पा भुसालले सदनको दबाबपछि जाहेरी दर्ता भएको भन्दै अवरोध हटाउने बताइन् ।
लगतै नेकपाका सांसद नन्द लाल रोकायले विशेष समय लिएर बोले । यससँगै संसद अवरुद्ध भयो । बाँकेकै सांसद रोकायले आरोपित वडाध्यक्षको बचाउ मात्र गरेनन्, नेकपाका कार्यकर्ताले कांग्रेसको कार्यक्रममा आक्रमण नै नभएको दाबी गरे ।

वडा नम्बर १ का कांग्रेस कार्यकर्ता भुवन सिंह थापा र ७ का अस्लाम भाटको विवादमा यो घटना भएको उनको दाबी छ । भुवनसिंहको पक्षमा रहेका चार जना कांग्रेसको कार्यक्रममा गएको र उनीहरु मध्ये तीन जना हलमा प्रवेश गरेको भन्दै सांसद रोकायले भने, कसैले हात पात गरेको छैन । धकेलाधकेल पनि भएको छैन ।

नेकपा सांसद रोकाय बोलिरहँदा नै कांग्रेस सांसदहरू उठिसकेका थिए । उनले बोलिसके लगतै रोष्टम घेराउ गर्दै नाराबाजी गरे । सभामुखले यसबारे केही भन्छु भन्दा पनि नाराबाजी रोकिएन र संसद १ असोजसम्मका लागि स्थगित भयो ।

२०७६ भदौ ३० गते सोमवार १८:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु