"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

चिनिँया सामान नेपाल भित्रियो,सबैभन्दा बढी मोबाईल सेट

काठमाडौं,भदौ ३० गते ।
उपभोक्ताको माग अनुसार चीनबाट सबैभन्दा बढी नेपाल आयात गरिने सामानमा मोबाइल सेट र टेलिकम्युनिकेसन सम्बन्धी सामग्री भएको पाइएको छ । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले नेपालको राष्ट्र बैंकलाई उद्धृत गर्दै जनाएअनुसार मोबाइल सेट र टेलिकम्युनिकेसन सम्बन्धी इक्विपमेन्ट आर्थिक वर्ष २०१८–१९मा सबैभन्दा बढी चीनबाट नेपाल भित्रिएका छन् ।

त्यसपछि चीनबाट ल्याइने अन्य सामानमा तयारी पोशाक, विद्युतीय सामग्री, मेशिन एवं त्यसका पार्टसहरु र टेलिभिजन एवं टेलिभिजन पार्टस नेपालमा बढी आइरहेका छन् । नेपालले गएको आर्थिक वर्षमा चीनबाट २०० मिलियन अमेरिकी डलर बराबरको मोबाइल सेट र टेलिकम्युनिकेसन इक्विपमेन्ट ल्याएको छ । यसैगरी तयारी पोशाक १८४ मिलियन डलरको नेपाल आएको छ ।

त्यस्तै विद्युतीय सामग्री १७८ मिलियन डलरको, मेशीन र पार्टपूर्जा १६६ मिलियन डलरको, टेलिभिजन र त्यसका पार्टस ९० मिलियन डलरको नेपाल भित्रिएको छ । यी पाँच आइटमको आयातको मूल्य अन्य सबै आयातको झण्डै आधा हिस्सा भएको जनाइएको छ ।

चीनबाट अघिल्लो आर्थिक वर्षमा जम्मा ८१८ मिलियन डलरको सामान नेपालमा आयात भएको राष्ट्र बैंकलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ । नेपालमा टेलिकम्युनिकेसनका सामान हुवावे र जेडटीइका उत्पादन नेपाल आउने गरेको बताइएको छ । गएको आर्थिक वर्षमा नेपालले भने १८ मिलियन अमेरिकी डलर बराबरको सामान मात्रै चीनतर्फ पठाएको पाइएको छ ।

२०७६ भदौ ३० गते सोमवार ०८:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु