"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नागरिकता विधेयकमा कांग्रेसको लिखित असहमती

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नागरिकता सम्बन्धि विधेयकमा लिखित असहमती जनाएको छ । प्रतिनिधिसभा अन्र्तगतको राज्यव्यवस्था तथा सुशासन समितिको शनिबार बसेको बैठकमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा वैवाहिक अंगीकृत नागरिकता प्राप्ती सम्बन्धि व्यवस्थामा कांग्रेसले असहमती जनाएको हो ।

समितिको सभापति शशि श्रेष्ठले नेपाली पुरुषसँग विहे गरेर आउने विदेशी महिलालाई दिइने वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्ष समय राख्ने संशोधिन प्रस्ताव गरेपछि कांग्रेसले असहमति जनाएको हो । नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले पार्टीको तर्फबाट फरक मत पढेर सुनाउँदै सभापति श्रेष्ठलाई बुझाएका थिए । कांग्रेसले नागरिकता प्राप्तिका लागि धेरै लामो समय राख्दा संबैधानिक एवम् सामाजिक जटिलतासमेत श्रृजना हुन सक्ने भन्दै २०६३ कै व्यवस्था राखिनुपर्ने माग गरेको छ । त्यसैगरी समाजवादी पार्टी नेपालका सांसद रामसहाय यादवले पनि वैवाहिक अंगिकृत नागरिकताको सवालमा प्रस्तावित व्यवस्थामा असहमती जनाएका छन् ।

नेपाली कांग्रेसले सभापतिलाई बुझाएको लिखित असहमती पत्रमा कांग्रेसका तर्फबाट समितिमा रहेका सांसदहरु दिलेन्द्र प्रसाद बडू, मिना पाण्डेय, देवेन्द्रराज कँडेल, अमरेश कुमार सिंह, डाक्टर डिला संग्रौला र विनोद कुमार चौधरीको नाम भएपनि बडू, पाण्डे, सिंह र संग्रौलाको मात्रै हस्ताक्षर रहेको छ । सत्तापक्षका समिति सदस्यहरु नवराज सिलवाल, झपट बहादुर रावललगायतले प्रस्तावित व्यवस्थाको समर्थन गरेका थिए ।

समितिले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेकय नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५ लाई आजै मत विभाजनका आधारमा टुंगो लगाउने तयारी गरेको छ ।

२०७६ भदौ २८ गते शनिवार १५:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु