"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सरकारले आइतबारदेखि ७३ स्थानमा सहुलियत पसल सञ्चालन गर्ने

काठमाण्डौ । दसैँ, तिहार र छठमा खाद्यवस्तुको अस्वाभािवक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले आइतबारदेखि काठमाडौंसहित देशका मुख्य सहरका ७३ स्थानमा सहुलियत पसल सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आइतबार बसको बैठकले सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेको हो । सहुलियत पसल सोमबारदेखि सञ्चालनमा आउनेछन् ।

मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २३, साल्ट ट्रेडिङ कर्पोरेसनले २४ र दुग्ध विकास संस्थानले १५ स्थानमा सहुलियत पसल सञ्चालन गर्नेछन् । खाद्य व्यवस्था कम्पनीका महाप्रबन्धक योगेन्द्र गौचनका अनुसार चाडपर्वमा बढी खपत हुने खाद्यवस्तुमा उपभोक्तालाई सहुलियत दिने उद्देश्यले पसल सञ्चालन गर्न लागिएको हो ।

उनका अनुसार खाद्य व्यवस्था कम्पनीले प्रतिकिलो चामलमा ५ देखि १० रुपैयाँ, जिउँदो खसी–बोकाको मासुमा १० रुपैयाँ र फापर तथा सिमीमा १० रुपैयाँ छुट दिनेछ । खाद्यले यसपटक २ हजार च्यांग्रा र १ हजार खसी–बोका बिक्री गर्ने लक्ष्य राखेको छ । साल्ट ट्रेडिङले प्रतिकिलो नुनमा २ रुपैयाँ र चिनीमा ५ रुपैयाँ छुट दिनेछ । दुग्ध विकास संस्थानले प्रतिकिलो घिउमा ५० रुपैयाँ र पनिरमा १० रुपैयाँ छुट दिनेछ ।

मन्त्रालयका अनुसार रामशाहपथस्थित खाद्य व्यवस्था कम्पनीको प्रांगणमा तीनवटै संस्थाले एकीकृत पसल राख्नेछन् । कालीमाटी, जावलाखेल, कोटेश्वर, सूर्यविनायक, बनेपालगायतका कार्यालयमा साल्ट ट्रेडिङले गेडागुडीलगायत चिनी र नुनमा छुट दिनेछ । खाद्य व्यवस्थालले थापाथली, नख्खुलगायतका कार्यालयमा चिनी, फापर र सिमीमा छुट दिनेछ भने खसी–बोका थापाथली कार्यालयमा बिक्रीका लागि राखिनेछ ।

उपभोक्ताले छुटमा सामान पाउनेछन्योगेन्द्र गौचन,महाप्रबन्धक, खाद्य व्यवस्था तथा व्यापार कम्पनी विगतमा जस्तै यसपटक पनि दसैँ, तिहार र छठसम्मका लागि सहुलियत पसल सञ्चालन गर्ने निर्णय भएको छ । यसबाट उपभोक्ताले दैनिक रूपमा बढी खपत खाद्यवस्तुमा छुट पाउनेछन् ।

चाडपर्वमा खाद्यवस्तुको कृत्रिम मूल्यवृद्धि हुने कुरालाई नियमन गर्न सरकारले हस्तक्षेपकारी कदम चालेको हो । हामीले अनुगमनबाट पनि मूल्य नियन्त्रणको प्रयास गर्नेछौँ । तर, यसले मात्र पर्याप्त नहुने देखेर उपभोक्तालाई सरकारबाटै सहुलियत दिने उद्देश्यका साथ सुपथ पसल सञ्चालन गरिएको हो । यसबाट धेरैभन्दा धेरै उपभोक्ताले लाभ लिन सक्नेछन् ।

स्रोतः नयाँ पत्रिका

२०७६ भदौ २३ गते सोमवार १०:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु