"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

दोस्रो चरणको स्तरोन्नति : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि ७ घण्टा बन्द हुने

काठमाडौं । देशकै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल आज९आइतबार० देखि ७ घण्टा बन्द हुने भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको स्तरोन्नतिको कामका लागि आजदेखि विमानस्थल फेरी ७ घण्टा बन्द हुने भएको हो। सेप्टेम्बर १ देखि डिसेम्बर ३१ सम्म विमानस्थलको स्तरोन्नतिको काम हुने विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले बताए।

उनका अनुसार राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थलबाट सबै उडान र अवतरण बन्द हुनेछ।

दोस्रो चरण अन्तर्गत विमानस्थलको प्यारालाल ट्याक्सी वे, ट्याक्सी वे र धावनमार्ग जोड्ने लिंक रोड, रनवे सेन्टर लेन लाइटको काम हुने विमानस्थल प्रमुख क्षेत्रीले बताए। ‘दोस्रो चरणको स्तरोन्नतिका लागि आवश्यक सबै काम सम्पन्न भइसकेको छ,’ उनले भने, ‘समयमै काम हुन्छ।’

विमानस्थल कार्यालयले स्तरोन्नतिका कारण विगतमा जस्तो उडान प्रभावित नहुने जनाएको छ। हाल विमानस्थलमा आन्तरिक र बाह्य गरी दैनिक ४ सय उडान अवतरण हुने गरेका छन्।

पहिलो चरण अन्तर्गत १८ चैतदेखि १५ असारसम्म उडान अवरतण बन्द गरेर धावनमाग निर्माणको कार्य सम्पन्न भएको थियो । दोस्रो चरणको काम सम्पन्न भएपछि विमानस्थल २४ सै घण्टा सञ्चालनमा आउने नागरिक उड्डयन प्राधिकरणको भनाइ छ।

चीनको सरकारी कम्पनी चाइना नेसनल एग्रो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङले ४ अर्ब २७ करोड रूपैयाँको लागतमा धावनमार्गको स्तरोन्नति र विमानस्थलको प्यारालाल ट्याक्सी वे, ट्याक्सी वे र धावनमार्ग जोड्ने लिंक रोड, रनवे सेन्टर लेन लाइट गरी तीन चरणको निर्माणको काम गरिरहेको छ।

२०७६ भदौ १५ गते आइतवार ०९:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु