प्रधानमन्त्रीको स्वास्थ्य स्थिर, केहि दिनको आराम पछि पुन: सिंगापुर लगिने

काठमाडौं । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार नदेखिएपछि पुनस् उपचारका लागि सिंगापुर लैजाने तयारी भएको छ । मिर्गौलाले काम गर्ने क्रम घट्दै गएपछि उनलाई पुनस् सिंगापुर लैजाने तयारी भएको हो । “मिर्गौलामा क्रेटिनिनुको मात्रा बढ्दै गएको छ”, उपचारमा संलग्नमध्येका एक चिकित्सकले भने ।
साउन १८ गते सिंगापुरतर्फ प्रस्थान गरेका प्रधानमन्त्री ओली ९ दिनको सिंगापुर बसाइपछि सोमबार फर्केका थिए । ओलीको सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलुमा स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणपछि नेपाल फर्केका उनलाई समस्या बढ्दै गएको चिकित्सकहरुले बताएका छन् ।
उपचारमा संलग्नमध्येका डा. अरुण सायमीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर नभएपछि पुनस् सिंगापुर जाने कार्यक्रम तय भएको जानकारी दिए । स्वास्थ्य मानिसमा क्रिटिनिमुको मात्रा १ दशमलव ४ हुन्छ । त्यो दर प्रधानमन्त्रीको बढेर गएको डा। सायमीले बताए । बरिष्ठ चिकित्सकहरुले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था गोप्य नराख्न नीजि चिकित्सकहरुलाई आग्रहसमेत गरेका छन् ।
क्रिटिनिनको मात्रा बढ्दै गएकाले चिकित्सकहरुले ओलीको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । मिर्गौला ड्यामेज हुन सक्ने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।
२०७६ साउन ३१ गते शुक्रवार १०:३५ बजे प्रकाशित