"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

मापसे कारवाही : चार सय ३९ चालकको लाइसेन्स निलम्बन

काठमाडौं । यातायात व्यवस्था कार्यालयले मादक पदार्थ सेवन ९मापसे० गरी सवारी साधन चलाउने चार सय ३९ चालकको अनुमतिपत्र ९लाइसेन्स० निलम्बन गरेको छ । उक्त कार्यालयले महानगरीय ट्राफिक प्रहरी महाशाखाको सिफारिसमा पाँच पटकभन्दा बढी मापसे कारवाहीमा परेका व्यक्तिको लाइसेन्स निलम्बन गरेको हो । १७ मङ्सिर २०६८ देखि मापसे जाँचलाई कडाइ गर्दै आएको महाशाखाले हालसम्म उपत्यकामा मापसे सेवन गरेर सवारी साधान चलाउने एक लाख ९० हजार ६ सय ९० चालकलाई कारवाही गरेको छ । महाशाखाले २०६८ सालदेखि मापसे जाँच गरे पनि लाइसेन्समा प्वाल पार्ने काम भने २०६९ मङ्सिरदेखि गर्दै आएको हो ।

पहिलोपटक मापसे सेवन गर्ने एक लाख ४९ हजार दुई सय १६, दोस्रोपटक २७ हजार चार सय ७७, तेस्रोपटक नौ हजार ९९, चौथोपटक तीन हजार दुई सय ८४ र पाँचौँ पटक एक हजार एक सय ७५ चालकलाई कारवाही गरिएको थियो । महाशाखाले मापसे सेवन गरी सवारीसाधन चलाउने चालकको लाइसेन्समा प्वाल पार्दै आएको छ । महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले पछिल्लो समय उपत्यकामा मापसे सेवन गरी सवारीसाधन चलाउने चालकको सङ्ख्यामा कमी आएको बताए । पछिल्ला वर्षमा मापसे कारवाहीमा पर्नेको सङ्ख्यामा कमी आएको छु, उनले भने । महाशाखाका अनुसार आव २०७४/०७५ मा २२ हजार दुई सय २६ चालक मापसेमा कारवाही परेकामा आव २०७५/०७६ मा २१ हजार नौ सय ७३ चालक कारवाहीमा परेका थिए ।

महाशाखाले मापसे कारवाहीमा परेका चालकसँग एक हजार रुपैयाँ जरिवाना लिनाका साथै उनीहरूका लागि कक्षा सञ्चालन गर्दै आएको छ । उपत्यकामा मापसे सेवन गरी सवारीसाधन चलाएपछि दुर्घटना हुने र धेरै मानिसको मृत्यु हुने गरेपछि ट्राफिक महाशाखाले २०६९ देखि मापसे जाँच तथा कारवाही गर्दै आएको हो ।

२०७६ साउन १५ गते बुधवार १५:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु