प्रतिनिधिसभा बैठक अवरूद्ध : कांग्रेस र राजपाका सांसदद्वारा नाराबाजी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले सर्लाही घटनाको सत्य तथ्य छानविनका लागि संसदीय छानविन समिति गठन गर्न माग गर्दे नाराबाजी गरेपछि प्रतिनिधिसभाको बुधबारको बैठक पनी स्थगीत भएको छ ।
सभामुख कृष्ण बहादुर महराले बैठक सुरु भएको जानकारी गराउने वित्तिकै नोपली कांग्रेस र राजपाका सांसदहरु उभिएर विरोध जनाएका थिए । सभामुखले कार्यसूची अगाडी बढाउने भन्दै सुन्य समयको कारवाही अघि बढ्छ भन्ने वित्तिकै सांसदहरु रोष्टम अगाडि आएर नाराबाजी गरेका थिए । सभामुखले आसन ग्रहण गरि सदन सुचारु गराउन पटक पटक आग्रह गरेपनि सांसदहरुले नाराबाजी गरिरहेपछि बैठक कार्यसुचीमा प्रवेश गर्न सकेन । कांग्रेस र राजपाका सांसदहरुले झण्डै १ घण्टा रोष्टम अगाडि नाराबाजी गरेका थिए । त्यसपछि सभामुख महराले बैठक स्थगित गर्दै अर्को बैठक भोली बिहीबार अपरान्ह २ बजेका लागि बोलाएको बताए ।
नेपाली कांग्रेस र राजपाका सांसदहरुले सर्लाहीका भिन्ना भिन्नै दुई घटनाको सत्य तथ्य पत्ता लगाउनका लागि संसदीय छानविन समिति गठन गर्न माग गर्दे असार २४ गते देखि निरन्तर संसद बैठक अवरोध गर्दै आएका छन् । बिहीबार दुवै पार्टीका सांसदहरुले संसदीय सर्वोच्चता कायम गर, संसदीय छानविन समिति गठनगर, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर भन्दै अहिले रोष्टम अगाडि नाराबाजी गरेका थिए ।
२०७६ साउन १५ गते बुधवार १५:१३ बजे प्रकाशित