"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बाढी पहिरो र नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा बाढी पहिरो र डुबानको जोेखिम रहेको जनाएको छ ।

बुधबार जारी सूचनामा मुलुकका अधिकांश स्थानमा भारी वर्षा भएसँगै विभिन्न जिल्लामा बाढी पहिरो र डुबानको जोखिम बढेको जनाइएको हो ।

राष्ट्रिय आपतकालिन उद्धार केन्द्रले बुधबार बिहान गण्डकीको चुरे र पहाडबाट बहने साना नदीमा उच्च बहावको सम्भावना रहेकोले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चेतावनी दिएको छ ।

केन्द्रले सामाजिक सञ्जाल फेसबुकमार्फत चितवन, पर्सा, बारा, मकबानपुर, नवलपरासी, पाल्पा, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, झापा, मोरङ, सुनसरी लगायत प्रदेश १, २, ३, ५, गण्डकीको चुरे र पहाडबाट बहने साना नदीमा उच्च बहावको सम्भावना रहेको जनाएको छ ।

अहिले मोरङ, सुनसरी लगायत आसपासका जिल्लाहरुमा मुसलधारे वर्षा समेत भइरहेको छ ।

 

२०७६ साउन ८ गते बुधवार ११:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु