"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नेकपामा अझै जुटेन सहमति, एकीकरण साउन ५ गते टुंगिएला ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीमा मुख्य विभागहरूको नेतृत्वारे सहमति नजुट्दा पार्टी एकता प्रक्रिया लम्बिने दखिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार र मंगलबार दुई अध्यक्षबीच भएको लामो छलफलमा पनि पार्टीका पाँच मुख्य विभागको नेतृत्व कसले गर्ने भन्ने वारेमा नेताहरु विच विवाद देखियो ।

पार्टीको संगठन, स्कुल, प्रचार, विदेश र आर्थिक विभागको नेतृत्व सचिवालय सदस्यबाटै लिनु पर्नेमा शीर्ष नेताहरू सहमत भए पनि कुन विभागको इन्चार्ज को हो हुने भन्नेबारे विवाद कायमै छ।

विदेश विभागको नेतृत्व गर्न सचिवालय सदस्य माधवकुमार नेपाल र पूर्वमाओवादीको विदेश विभाग प्रमुखसमेत रहेका नारायणकाजी श्रेष्ठले पनि विभाग प्रमुख बन्ने इच्छा देखाएका छन्।

पार्टी प्रवक्तासमेत रहेकाले प्रचार विभाग प्रमुख बन्न शीर्ष नेताहरूले आग्रह गरे पनि श्रेष्ठले भने सो प्रस्ताव अस्वीकार गरेको जानकारी प्राप्त भएको छ ।

स्कुल या संगठन विभागमा ईश्वर पोखरेलको दाबी छ भने प्रधानमन्त्री ओली रामबहादुर थापा बादल र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सचिवालय सदस्य वामदेव गौतमलाई संगठन विभाग प्रमुख बनाउन चाहन्छन्। त्यस्तै, महासचिव पौडेलको दाबी भने आर्थिक विभागमा छ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सबै तयारी पूरा गरेर साउन ५ गते सचिवालय बैठक बस्ने र पार्टीको सांगठनिक एकताको काम सक्ने जानकारी दिएका छन्।

२०७६ साउन २ गते बिहीवार १७:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु