"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

तिलोत्तमा नगरपालिकालाई प्लास्टिक झोलामुक्त नगर घोषणा

बुटवल । तिलोत्तमा नगरपालिकालाई प्लास्टिक झोलामुक्त नगर घोषणा गरिएको छ । प्लास्टिकका झोलासँगै प्लास्टिकजन्य सबै सामग्रीको प्रयोगमा बन्देज लगाइएको छ ।

जनप्रतिनिधि, राजनीतिक दल, व्यावसायिक तथा सामाजिक संघसंस्था, आमा समूह, युवा क्लब, टोल विकास संस्था, सहकारी, वन, विद्यालयका प्रतिनिधिसहित सरोकारवालाको पहलमा प्रतिनिधिसभाका सदस्य एवं पूर्वमन्त्री घनश्याम भुसालले बुधबार उक्त घोषणा गरेका हुन् । उनले नगरवासीलाई प्लास्टिक र प्लास्टिकजन्य सामग्री प्रयोग नगर्ने संकल्पसमेत गराएका छन् ।

नगरपालिकाले एक वर्षअघिदेखि प्लास्टिक झोलामुक्त बनाउने अभियान चलाउँदै आएको थियो । प्लास्टिक र प्लास्टिकजन्य सामग्रीको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल असर पार्ने भएकाले त्यसको न्यूनीकरण गर्दै निषेध नै गर्न लागिएको नगरप्रमुख वासुदेव घिमिरेले बताए ।

‘अब नगरभित्र प्लास्टिक र त्यस्ता सबै खाले सामग्रीको आयात निर्यातमा प्रतिबन्ध नै लगाइएको छ,’ उनले भने, ‘विकल्पमा कपडा, अल्लो, जुट वा वातावरणमैत्री वस्तुबाट निर्मित सामग्रीको प्रयोगमा प्रोत्साहित गर्दै छौं ।’ त्यसका लागि नगरपालिका आफैंले त्यस्ता सामग्री उत्पादनमा प्रेरित गर्दै आएको र झोला पनि वितरण गर्ने गरेको उनले बताए ।

एक वर्षदेखि अभियानकै रूपमा नियन्त्रण गर्दै आएको र घोषणापूर्व सरोकारवालासँग धेरै पटक छलफmल र अन्तर्त्रियासमेत गरेकाले अब नगरभित्र त्यस्ता सामग्री बिक्री वितरणमै रोक लगाइने र प्रभावकारी अनुगमन गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाकै पहलमा विभिन्न संघसंस्था, सहकारी, टोल विकास संस्थाले कपडाको झोला वितरण गर्दै आएका छन् ।

 

२०७६ साउन २ गते बिहीवार १७:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु