"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बाढीपहिरोबाट मृतकको सङ्ख्या बढ्दै, हजारौँ विस्थापित

काठमाडौं । अविरल वर्षापछिको बाढी, पहिरो र डुबानमा बिहीबार बिहानसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ। गृह मन्त्रालयका अनुसार अझै पनि २९ जना बेपत्ता छन्।

अहिलेसम्म सबैभन्दा धेरै रौतहटमा १० जनाको तथा ललितपुर र सिराहा जिल्लामा छ(छ जनाको मृत्यु भएको छ। सुरक्षा अधिकारीहरू मृत्यु हुनेको सङ्ख्या अझै बढ्ने बताउँछन्।

बिस्तारै पानीको सतह कम हुन थालेपछि अस्थायी रूपमा विस्थापितहरू घर फर्किन थालेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए। सरकारका अनुसार ४१ घाइतेमध्ये ११ जनाको उपचार भइरहेको छ।

हजारौँ विस्थापित
बाढीबाट प्रभावित विभिन्न जिल्लामा हजारौँ मानिसहरू अस्थायी रूपमा विस्थापित भएका छन्। गृह मन्त्रालयका अनुसार तराईका सिरहा, सर्लाही, बारा, मोरङ, रौतहट र पर्सा जिल्लामा गरेर ११ हजारभन्दा बढी परिवारले आफ्नो घर छोड्नुपरेको छ। डोल्पामा पनि चार घर विस्थापित भएका छन्।

सरकारले एकद्वारबाट राहत वितरणका कार्य गरिएको बताएको छ। त्रिपाल, खाद्यान्न, औषधि आदि अत्यावश्यक सामग्री स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति, निजी क्षेत्र, रेडक्रस तथा मानवीय सहायतका क्षेत्रमा काम गर्ने सङ्घ, संस्था एवं व्यक्तिले उपलब्ध गराइरहेको गृह मन्त्रालयले जनाएको छ।

२०७६ साउन २ गते बिहीवार १६:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु