"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

वर्षा र बाढीपछि ह्वात्तै बढ्यो तरकारी र फलफूलको मूल्य

९३ प्रतिशतसम्म मूल्यवृद्धि, अनुगमन गर्ने निकाय मौन हुदा उपभोक्ता मारमा

काठमाडौं । विषादी परिक्षणका लागि केहि दिनको आपूर्ती असहज भएदेखि ताजा तरकारीको भाउ आकासिएको छ । पछिल्लो समय तराईमा आएको बाढीले तरकारी उत्पादनमा क्षति पुर्‍याएको र ढुवानी गर्ने बाटो प्रभावित भएकाले काठमाडौंका बजारमा पाइने ताजा तरकारीको भाउ वृद्धि भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

समितिका उपनिर्देशक बिनय श्रेष्ठले भारी बर्षात् भएपछि तरकारीको भाउमा असर परेको जानकारी दिए । ‘बर्षात् बढेपछि आयात नै कम भयो, जसको असर मूल्यमा परेको देखिन्छ’ उनले भने । सामान्य अवस्थामा कालिमाटी बजारमा दैनिक औषत सात सय टन तरकारी आउने गर्छ । तर, बर्षात्का कारण शुक्रबार र शनिबार आयात निक्कै घटेको उनले जानकारी दिए ।

‘शुक्रबार कालिमाटी बजारमा ४ सय ६० टन र शनिबार ५ सय ४० टन तरकारी भित्रिएको छ । यो आयात सामान्य अवस्थाको भन्दा कम हो’ उनले भने, ‘तर, आइतबारबाट आयात बिस्तारै बढ्दै गएको छ । आइतबार आठ सय ७३ टन तरकारी भित्रिएको छ ।’ सोमबार दिउँसो ३ बजेसम्म ६ सय ५० टन तरकारी भित्रिएको उनले जानकारी दिए । ‘आज रातिसम्म आठ सय टन तरकारी आउने अनुमान गरेका छौं ।’

९३ प्रतिशतसम्म मूल्यवृद्धि
बजार मागअनुसार आपूर्ती कम भएपछि मूल्य बढेको हो । सबैभन्दा बढी चमसुरको साग र हरियो खुर्सानीको भाउ बढेको छ । एक साताअघि ९२३ असार० ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको हरियो खुर्सानी सोमबार कालिमाटी बजारमा औषत १ सय २५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । यो ९२।३१ प्रतिशतको वृद्धिदर हो । त्यस्तै चमसुरको साग ७५ रुपैयाँ प्रतिकिलोबाट १ सय ४५ रुपैयाँ पुगको छ । यो ९३ प्रतिशत मूल्यवृद्धि हो ।

साताअघि ३५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको बन्दाको मूल्य ५७ प्रतिशतसम्म वृद्धि भएर ५५ रुपैयाँ पुगेको छ । त्यसैगरी ७५ रुपैयाँ मुल्य निर्धारण भएको भिण्डीको मुल्य ५३ प्रतिशत बढेर १ सय १५ पुगेको छ । हाल वृद्धि भएका सबै तरकारी आन्तरिक उत्पादन भएको कालिमाटी बजारले जनाएको छ ।

सर्लाहीको लालबन्दीबाट आउने सिमी, फर्सी, लौका, काँक्रोलगायतको मूल्य पनि आकासिएको छ । हाल काठमाडौं उपत्यका आसपासका जिल्ला काभ्रे, धादिङ, नुवाकोट, मकवानपुरको उत्पादन धेरै आइरहेको व्यवसायीले जानकारी दिएका छन् ।

२०७६ असार ३० गते सोमवार १८:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु