"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बाढीपहिरोबाट मृत्यु हुनेकाे संख्या ६७ पुग्याे, ३० जना बेपत्ता [अपडेट]

काठमाडौँ । अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण अहिलेसम्म ६७ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार ११स्४५ बजे सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीपहिरोमा परी २६ महिला र ४१ पुरुषको ज्यान गएको छ ।
प्रहरी प्रधान कार्यालयकाअनुसार बाढी र पहिरोबाट ४३ जना घाइते भएका छन्। घाइते२० महिला र २३ पुरुषको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।

यी घटनामा ३० जना अझै बेपत्ताछन्। बेपत्ता रहेका १२ महिला र १८ पुरुषको खोजी जारी रहेको जनाइएको छ। अहिलेसम्म एक हजार ४४६ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

२०७६ असार ३० गते सोमवार १४:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु