विकास निर्माणको दायित्व बोकेका मन्त्रालयकै खर्च न्यून

काठमाडौं । चालू आर्थिक बर्षमा विकास निर्माणको मूल दायित्व बोकेकै मन्त्रालयका खर्च प्रगति न्यून छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, अर्थ, खानेपानी जस्ता मन्त्रालयकै खर्च सन्तोषजनक नरहेको विवरणहरु सार्वजनिक भएका छन् ।
नयाँ आर्थिक बर्ष सुरु हुन ४ दिनमात्रै बाँकी छ । अहिले मन्त्रालयबीच बजेट खर्चको प्रतिष्पर्धादेखि बिल मिलाउने हतारो छ । ११ महिना काम नगर्ने तर अन्तिम १ महिनामा कामको रफ्तार बढाउने प्रवृत्ति दोहोरिएको छ ।
महालेखा नियन्त्रकको कार्यालयले पनि ठूला भनिएका मन्त्रालयको बजेट खर्च नै नभएको तथ्यांक राखेको छ । ५० प्रतिशत पनि बजेट खर्च नगर्ने मन्त्रालयमा अर्थ, खानेपानी, महिला तथा बालबालिका र कानून मन्त्रालय छन् ।
कुन मन्त्रालयको बजेट खर्च कति ?
दुई तिहाईको बलियो सरकार हुँदा समेत अपेक्षित रुपमा बजेट खर्च नभएकोप्रति गुनासो बढ्दो छ । असारको अन्तिम साता हुने कामको रफतार मंसिरमा पनि बनाउन विज्ञहरु सरकारलाई सुझाव दिन्छन् ।
चालु आर्थिक बर्षमा सरकार मातहात रहेका आयोगको पनि बजेट खर्च निराशजनक छ । मन्त्रालयका कर्मचारीहरु झन्झटिलो कागजी प्रक्रिया र अख्तियारको डरका कारण अपेक्षाअनुसार प्रगति नभएको स्वीकार गर्छन् ।
२०७६ असार २९ गते आइतवार १७:२८ बजे प्रकाशित