"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

फलफूल तथा तरकारीको विषादी परीक्षणलाई निरन्तरता दिने कृषि मन्त्रीको अठोट

फलफूल तथा तरकारीको विषादी परीक्षणलाई निरन्तरता दिने कृषि मन्त्रीको अठोट

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले भारतीय तरकारीको विषादी परीक्षण कार्यलाई निरन्तरता दिने बताएका छन्।

शुक्रबार विहान ८ बजे कालिमाटी फलफूल तथा तरकारी बजारमा रहेको विषादी परीक्षण प्रयोगशालाको अनुगमन गर्दै मन्त्री खनालले विषादी परीक्षण कार्यलाई निरन्तरता दिने बताएका हुन्।

‘अहिले बजारमा सरकारले विषादी परीक्षण रोकेको भन्ने भ्रम सिर्जना भएको छ’, मन्त्री खनालले भने, ‘विषादी परीक्षण रोकिँदैन निरन्तर हुन्छ। यो सरकारको प्राथमिकताको विषय हो।’

विषादीको विषयमा छलपmल हुनु राम्रो भए पनि नेपालमा विषादीको स्थिति नबुझी आफ्नै ढंगले विशलेषण हुनु अर्थपूर्ण नभएको मन्त्री खनालको भनाइ छ। ‘कुन वस्तुमा विषादीको प्रयोग कति छरु कति गर्नुपर्छ त्यो जान्न आवश्यक छ’, मन्त्री खनालले भने।

पर्याप्त पूर्वाधार नहुनाले नाकाबाट परीक्षण नगरे पनि केन्द्रिय प्रयोगशाला खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट विषादीको परिक्षण हुने मन्त्री खनालले बताए।

सबैभन्दा बढी प्रयोग हुने अर्गानो फस्फेट र कार्बनेट विषादी हो। यी दुई वटा विषादीले ३३ प्रतिशत विषादी ओगट्छ। यी विषादी जाँच्न नेपालमा पर्याप्त प्रयोगशाला रहेको मन्त्री खनालको भनाइ छ।

‘कालिमाटी बाहिर ७ वटा ल्याब चलिरहेका छन्। ती ल्याबले अर्गानो फस्फेट र कार्बनेट दुवै विषादी जाँच गर्छन्। त्यसबाहेक हामीलाई शङ्का लागेमा जहिले पनि जतिखेर पनि केन्द्रीय प्रयोगशालामा जाँच गर्न सक्छौँ’, मन्त्री खनालले भने।

मन्त्री खनालका अनुसार कालिमाटीमा निरन्तर चेक जाँच भइरहेको छ। अब अन्य ठाउँमा रहेको प्रयोगशालामा पनि निरन्तरता दिइने छ। मन्त्री खनालले नेपालमा मात्र नभई विश्वरभर कृषिमा विषादी प्रयोग हुने र त्यसका लागि विश्व मापदण्ड समेत रहेको बताए।

-सेतोपाटिको सहयोगमा

२०७६ असार २७ गते शुक्रवार १७:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु