"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

विषादीयुक्त फलफूल तथा तरकारीको आयात रोक्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदले विषादीयुक्त फलफूल तथा तरकारीको आयात रोक्न सरकारसँग माग गरेका छन् । बैठकको शून्य समयमा सांसद गगनकुमार थापाले सरकारले कसैको दवावमा जनतालाई विष खुवाइरहेको आरोप लगाए ।

सांसद गौरीशङ्कर चौधरीले भारतबाट फलफूल तथा तरकारी आयात रोक्न आग्रह गरे । सांसद चित्रलेखा यादवले भारतबाट आयात भइरहेका फलफूल तथा तरकारीको विषादी परीक्षण गर्न माग गरे ।

सांसद अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक जिल्लाको जुगल र सुनकोशी गाँउपालिकामा पहिराबाट जनधनको क्षति भएको बताउँदै घाइतेको शीघ्र उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउन माग गरे । उनले माथिल्लो भोटेकोशी नदी नियन्त्रण गर्न पनि सरकारको ध्यानाकर्षण गरे ।

सांसद कृष्णप्रसाद दाहालले वातावरण खराब हुने गरी बाटोघाटो निर्माण रोक्नुपर्ने सुझाव दिए भने कृष्णभक्त पोखरेलले राजमार्गमा यातायातका साधन रोकी यातायात कर उठाउने कार्य अवैज्ञानिक भएको तर्क दिए । सांसद कृष्णबहादुर राईले विश्वसम्पदा सूची मरुभूमीकरण बन्दै गएकामा चिन्ता व्यक्त गरे । सांसद उमा रेग्मीले सुझबुझविना सरकारले विधेयक ल्याउने गरेको आरोप लगाइन् । सांसद खेमप्रसाद लोहनीले सीतापाइला–धार्के सडक तत्काल निर्माण गर्न सरकारको ध्यानाकर्षण गरेका थिए ।

२०७६ असार २२ गते आइतवार १८:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु