"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

प्रदेश सरकार र महानगरको सहकार्यमा उपत्यकामा विजुली बस चलाउने सहमति

उपत्यकामा सोमबारबाटै साझाका थप २० वटा बसबाट सेवा शुभारम्भ

काठमाडौं । प्रदेश ३ सरकार, काठमाडौं र ललितपुर महानगर र साझा यातायात प्रालीबीच काठमाडौं उपत्यकामा विजुली बस सञ्चालन गर्ने सहमति भएको छ ।

सोमबार एक कार्यक्रमका बीच समझदारी पत्रमा हस्ताक्षर भयो । कार्यक्रममा विद्युतीय बस खरिदका लागि प्रदेश ३ सरकारले साझा यातायातलाई ३० करोड रुपैयाँ हस्तान्तरण गरेको छ । सहमतिअनुसार काठमाडौं महानगरले १० करोड दिनेछ भने ललितपुर महानगर र साझा यातायातले समान २ करोड ५० लाख रुपैयाँका दरले लगानी गर्नेछन् ।

ललितपुरले सोमबार नै २ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै ठाउँमा विद्युतीय बस सञ्चालन गर्नुपर्नेमा जोड दिए । इन्धनबाट चल्ने भन्दा विद्युतिय बस सस्तो हुने भएको कारण पनि यसमा ध्यान दिनुपर्ने उनले बताए ।

काठमाडौंलाई धुलोमुक्त बनाउन प्रदेश सरकारले लगानी गर्ने बताए । काठमाडौं उपत्यका भित्र फ्लाई ओभर, आकासे पुल आवश्यकताका आधारमा प्रदेश सरकारले निर्माण गर्ने बताए ।

कार्यक्रममा युरो ४ मापदण्डका २० वटा बस साझा यातायातलाई हस्तान्तरण गरिएको छ ।

सोमबारबाटै साझाका २० वटा बसबाट सेवा शुभारम्भ

काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले थप २० वटा बस साझा यातायातलाई हस्तान्तरण गरेको छ । यी बसहरु विभिन्न रुटहरुमा थपिएका छन् । साझाले बुंगमति, थानकोट, दक्षिणकाली र कमलविनायकसम्म सेवा विस्तार गर्ने भएको छ ।

यसअघिका रुटहरुलाई विस्तार गरेर साझाका ७१ वटा बसले अब काठमाडौंमा मुख्य रुटहरुमा बस सञ्चालन गर्नेछन् । साझा यातायातसहित काठमाडौं तथा ललितपुर महानगर महानगरपालिकाको लगानीमा २० बस ल्याइएका हुन् ।

यी बस किन्न काठमाडौं महानगरपालिकाले साझालाई नयाँ बस किन्ने गरी ५ करोड रुपैयाँ दिएको थियो । ललितपुर महानगरपालिकाले पनि एक करोड सेयर लगानी गरेको छ ।

साझाका अनुसार काठमाडौंको सहरी यातायात व्यवस्थित बनाउनका लागि ठूला बसको आवश्यकता महसुस भएकाले थप २० ठूला बस ल्याएको हो ।

अन्तर्राष्ट्रट्रय युरो-४ मापदण्ड अनुरुपका सबै बस अपांगमैत्री भएको साझाले जनाएको छ । जम्मा ४० सिट रहने उक्त बस शारीरिक रुपमा अशक्त रहेका व्यक्तिका लागि बसको पछिल्तिरको ढोकाबाट ह्विलचेयरसमेत राख्न र निकाल्न मिल्ने गरी निर्माण गरिएको छ । बस आपूर्तिको सबै जिम्मा भारतीय कम्पनी अशोक ले(ल्यान्डले पाएको थियो ।

हाल ल्याइएका बस यसअघिका बसभन्दा केही छोटो छन् । यसअघि ११ मिटरको बस ल्याइरहेको साझाले यसपटक ९ मिटरको बस ल्याएको छ ।

२०७६ असार १६ गते सोमवार १७:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु