"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

काठमाडौंको फोहोर व्यवस्थापन : महानगरपालिका र सिसडोलबासी बिच सहमति

सहमति प्रतिवेदन अध्ययनका लागि १३ सदस्यीय समिति गठन, आज देखि फोहोर निरन्तर उढ्ने

काठमाडौं । काठमाडौंको फोहोर बोकेको गाडीलाई सिसडोलबासीले अवरोध नगर्ने सहमति भएको छ । आइतबार भएको सिसडोलका स्थानीय र काठमाडौं महानगरपालिकाका अधिकारीबीच भएको सहमति पछि अवरोध हट्ने भएको हो ।

नुवाकोटको सिसडोलबासीले काठमाडौंबाट फोहोर बोकेका गाडीलाई ५ दिनदेखि अवरोध गर्दै आएका थिए । उनीहरुले प्रभावित क्षेत्रका बासिन्दालाई दिइँदै आएको क्षतिपूर्ति बढाउनुपर्ने, बाँकी क्षेत्र पनि अधिग्रहण गर्नुपर्नेलगायतका माग राख्दै फोहोर फाल्न अवरोध गरेका थिए ।

स्थानीयको माग पूरा गर्नका लागि १३ सदस्यीय समिति गठन गर्ने सहमति भएको छ । महानगर र आन्दोलनरत पक्ष दुबैको तर्फबाट प्रतिनिधि रहने गरी १३ सदस्यीय समिति गठन गरिएको थियो । समितिले सिफारिस गरेअनुसार महानगरले माग पूरा गर्ने सहमति भएको छ ।

‘संयोजक समितिको पहिलो बैठकले तोक्ने गरी १३ सदस्यीय समिति गठन भएको छ,’ बैठकमा सहभागी महानगरका एक अधिकारीले भने, ‘समितिले अध्ययन गरी महानगरलाई प्रतिवेदन बुझाउनेछ र प्रतिवेदनअनुसार नै मागहरु पूरा हुनेछन् ।’

स्थानीयको आन्दोलनले काठमाडौंका सडक किनारामा थुप्रिएका फोहोर व्यवस्थापनमा कठिनाइ भएको थियो । शनिबार भने प्रहरी र स्थानीयबीच झडप समेत भएको थियो । शनिबार केही स्थानीय र प्रहरी घाइते भएका थिए ।

 

२०७६ असार १६ गते सोमवार ०९:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु