एसइइ नतिजा सार्वजनिक
काठमाडौं ।माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । केही बेर अघि बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । बैठकपछि बोर्डले पत्रकार सम्मेलन मार्फत नतिजा सार्वजनिक भएको जानकारी गराएको छ ।
बोर्डले चारलाख ५९ हजार २ सय ७५ जनको नतिजा सार्वजनिक गरेको हो । त्यसमध्ये जिपिए ३.६ देखि ४ जिपिए ल्याउने सामुदायिक विद्यालय तर्फ २ हजार ७ सय ९२ र निजीतर्फ १४ हजार ७ सय ८८ रहेका छन् ।
३.२ देखि ३.६ जिपिए ल्याउने सामुदायिक विद्यालयका ११ हजार २ सय २३ र नीजिका ३९ हजार ९ सय १४ रहेका छन् । त्यसैगरी २.८ देखि ३.२ जिपिए ल्याउनेमा सामु्दायिकका २६ हजार ३ सय ६६ र नीजिका ३७ हजार ३ सय ७५ रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
जिपिए २.४ देखि २.८ ल्याउनेमा सामुदायिकका ५३ हजार ७ सय ३० र नीजिका २२ हजार ८ सय ३४ विद्यार्थी रहेका छन् । त्यसैगरी २ देखि २.४ जिपिए ल्याउनेमा सामुदायिकका ८७ हजार ७ सय ४२ र नीजिका निजी १० हजार ७ सय ६५ छन् ।
१।६ देखि २ जिपिए ल्याउने सामुदायिक विद्यालयका विद्यार्थी ९० हजार ४ सय ४५ र नीजिका ४ हजार ८ सय ६२ रहेको बोर्डले जनाएको छ ।
परीक्षाकाे नतिजा www.moest.gov.np, www.doe.gov.np, www.see.gov.np, www.neb.gov.np, www.see.ntc.net.np मा हेर्न सकिन्छ ।
२०७६ असार १२ गते बिहीवार १८:१० बजे प्रकाशित























