भ्रम सिर्जना गरेको भन्दै, राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता

काठमाडौँ । राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता भएको छ । मंगलबार गुठी विधेयक फिर्तासम्बन्धी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले राखेको प्रस्ताव राष्ट्रिय सभाले सर्वसम्मत पारित गरेको हो ।
गुठी विधेयकविरुद्ध काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा आन्दोलन गरेर भ्रम सिर्जना गराइएको उनले आरोप लगाइन्।मन्त्री अर्याललेविधेयकका प्रावधान सही रहेको दाबी गर्दै त्यसबारे फिजाइएको भ्रम चिर्नसमेत सरकारले मौका नपाएको दुखेसो पोखिन्।
गुठी विधेयकको विरुद्ध आन्दोलन चर्किएपछिबिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सरकारले असार ८ गते विधेयक फिर्ता लिन राष्ट्रिय सभा सचिवालयमा पत्र दर्ता गरेको हो।
२०७६ असार १० गते मंगलवार १७:१८ बजे प्रकाशित