मुलुकमा दण्डहिनता बढेको मानवअधिकार आयोगको निष्कर्ष
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मुलुकमा दण्डहिनता झनै बढेर गएको निष्कर्ष निकालेको छ ।
विप्लव नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई प्रहरीले ‘इन्काउन्टर’को नाममा मारिएको भनेबाट दण्डहिनता बढेर गएको निष्कर्षमा पुगिएको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बताए ।ललितपुरस्थित आयोगको कार्यालयमा सोमबार संचारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रहरीले सो घटनाको अनुसन्धानलाई नै प्रभावित पार्ने गरी इन्काउन्टरमा मारिएको भनेकोमा उनले आपत्ति जनाए ।
सरकारले ल्याएको मानव अधिकार आयोग ऐन सम्बन्धि विधेयक र प्रेस स्वतन्त्रताविरोधी विधेयक मानव अधिकारको ठाडो उलंघन हुनेगरी आएको पनि उनले स्पष्ट पारे । अध्यक्ष शर्माले मानव अधिकार आयोग ऐन संशोधन गर्न बनेको विधेयक मानव अधिकार आयोगलाई नियन्त्रण गर्ने गरी आएको दाबी गर्दै मान्य नहुने बताए ।
२०७६ असार १० गते मंगलवार १५:२० बजे प्रकाशित