"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

गुठी विधेयक खारेजीको माग गर्दै माइतीघरमा विशाल प्रदर्शन

काठमाडौं । गुठी पक्षधरहरुले काठमाडौंमा विशाल प्रदर्शन गरेका छन् । राष्ट्रियसभामा प्रस्तुत गुठीसम्बन्धी विधेयकको चौतर्फी विरोधपछि भूमिव्यवस्थामन्त्री मन्त्री पदमा अर्यालले मंगलबार फिर्ता लिएको घोषणा गरेकी थिइन् । सरोकारवालासँगको छलफलपछि यसलाई अघि बढाउने उनको भनाइ थियो । तर, गुठी पक्षधरहरुले पुनः सरकारले विधेयक अघि बढाउन सक्ने आशंका गरेका छन् । त्यसैको खबरदारीका लागि विधेयक फिर्ता भएको भोलिपल्ट राजधानीका विभिन्न स्थानबाट र्‍याली निकालेर गुठीपक्षधरहरुले प्रदर्शन गरेका हुन् ।

विभिन्न स्थानबाट निस्किएको र्‍याली माइतीघर मण्डलामा आयोजित खबरदारीसभामा गएर मिसिएको छ । खबरदारीसभा अघि ‘हाम्रो संस्कृति कसैको दाइजो होइन’, ‘सम्पदा मास्न पाइँदैन’लगायतका प्लेकार्ड बोकेका प्रदर्शनकारीहरुले त्रिपुरेश्वर, थापाथली, कुपण्डोल लगायतका क्षेत्रबाट र्‍याली निकालेका थिए । खबरदारीसभामा विभिन्न व्यक्तिहरुले सम्बोधन गर्ने बताइएको छ । गुठी पक्षधरहरु प्रदर्शनपछि थापाथली, त्रिपुरेश्वर, माइतीघर मण्डलालगायतका स्थानको सवारी आवागमन प्रभावित बन्न पुगेको छ ।

२०७६ असार ४ गते बुधवार १४:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु