"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

काठमाडौं महानगरपालिकाले आधुनिक शौचालय बनाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरका मुख्य भागहरुमा आधुनिक शौचालय बनाउने योजना अघि बढाएको छ । हाल सञ्चालनमा रहेका शौचालयहरुलाई पनि स्तरोन्नति गरी सुविधाजनक बनाउने महानगरको तयारी छ ।

अधिकारसम्पन्न समिति गठन गरेर शौचालयको व्यवस्थापन गर्दै आएको महानगरले पहिलोपटक यससम्वन्धि निर्देशिका नै बनाएर योजना अघि बढाएको हो । यसअघि शौचालय सञ्चालनका लागि छुट्टै नीति महानगरले बनाएको थिएन ।

महानगरभित्र सार्वजनिक शौचालय सञ्चालन गर्नका लागि सार्वजनिक शौचालय सञ्चालन र व्यवस्थापन मार्गदर्शन, ०७५ तयार गरिएको महानगरको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले जानकारी दिए । मार्गदर्शन तयार भए पनि पारित हुन भने बाँकी रहेको उनले बताए । मंगलबार पनि यस विषय छलफल भएको छ । अझै केही विषयहरुमा थप छलफल हुने क्रममा रहेको उपाध्यक्ष बस्नेतले जानकारी दिए ।

हाल काठमाडौंका विभिन्न स्थानमा सार्वजनिक शौचालयहरु छन् । तर, त्यसको सरसफाई तथा व्यवस्थापनमा ध्यान नदिँदा कतिपय प्रयोगविहीन अवस्थामा छन् । साथै, धेरै शौचालय अशक्त तथा अपांग मैत्री छैनन् । अब त्यसलाई स्तरोन्नती गरी भौतिक गुणस्तर तथा सेवा सञ्चालन स्तर निर्धारण गरेर महिला, बालवालिका, ज्येष्ठ नागरिक, अपांग लगायतको सहज पहुँच पुग्ने किसिमको शौचालय बनाउने महानगरले बताएको छ ।

महानगरले तयार पारेको मार्गदर्शन अनुसार मुख्य गरेर शौचालयहरुलाई २ भागमा वर्गिकरण गरिनेछ । बनावटको आधार र सुविधाका आधारमा गरेर दुई किसिमका शौचालय निर्माण हुने महानगरले बताएको छ ।

 

२०७६ असार ३ गते मंगलवार १८:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु