"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

स्वदेशमा पानिको हाहाकार तर विदेशमा पानी बेच्ने गृहकार्यमा सरकार

काठमाडौं । नेपालका एक दर्जनभन्दा बढी क्षेत्रबाट विदेशमा निर्यातयोग्य पानीको उत्पादन गर्न सकिने देखिएको छ । खानेपानी विभागले गरेको एक अध्ययनबाट ती क्षेत्रको पहिचान भएको हो ।
तर खनोपानि विभाग काठमान्डौँ महानगरपालिका भित्रै दश दिनमा एक दिन खान योग्य समेत नभएको पानि वितरण गरेर उपभोक्तासंग मांसिक महशुल बुझी उपभोक्ताको संविधानमा उल्लेख गरिएको स्वच्छ र गुणस्तरीय खानेपानि उपभोग गर्न पाउने हकलाई बेवास्ता गरेको जानकार बताउछन् ।

देशका अधिकांश क्षेत्रमा अझै पनि स्वच्छ खानेपानिको हाहाकारको समस्या समाधान गर्न नसक्ने सरकाले विदेशी प्रतिस्पर्धामा स्वच्छ पानि बेच्न तयारी गरिनुको अर्थ के हो भनि नागरिकहरुले प्रश्न समेत गरेका छन् । नागरिक समाज वर्तमान अवस्था प्रति आक्रोसित हुदै खानेपानिको माग गरिरहेका छन् ।

उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको काम पटक पटक रोकिनु, सपना बाढ्नु साथै खानेपानी प्रणालीलाई व्यवस्थीत गर्न तर्फका कार्यक्रम प्रभावकारी नहुनुले उपभोक्तामा निराशा सिर्जना गरेको पाईन्छ ।

खानेपानी निर्यातको संभावना

विभागले नेपालको हिमनदी र पहाडी क्षेत्रको ठूला मुहानका पानीलाई खाडीसहित युरोपियन देशहरुमा निर्यात गर्न सकिने सम्भावनाबारे ‘डेस्क स्टडी’ गरेको थियो । उक्त अध्ययनका क्रममा १३ वटा क्षेत्रमा यस्तो सम्भाव्यता देखिएको विभागका महानिर्देशक सुनिल दासले बताए ।

हिमालबाट बग्दै आएको पानीलाई हिमाली क्षेत्रमा नै भरेर विदेश पठाउने योजना विभागको रहेको छ । नेपालकै तारे होटलहरुमा पनि यस्तो पानीको माग उच्च छ । स्वदेशी उत्पादनबाट माग पूर्ति हुन नसक्दा विदेशबाट आयात गर्नुपर्ने अवस्था छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि ब्यापार घाटा घटाउन यसलाई एउटा रणनीतिक योजनाका रुपमा अघि सारेको छ । उसले तयार गरेको व्यापार घाटा न्यूनीकरण रणनीतिमा हिमाली क्षेत्रको पानीलाई निर्यात प्रवर्द्धन गर्न सकिने वस्तुको सूचीमा राखेको छ ।

यो अध्ययनपछि यस्तो पानी उत्पादन र निर्यातको क्षमतासहित गुणस्तर र सम्भावित मूल्यको प्रराम्भिक आंकलन गर्न सकिने छ ।

योजना अनुसार काम गर्न सके हिमनदीबाट बगेर जाने पानीलाई पैसामा रुपान्तरण गर्न सकिने खानेपानी मन्त्रालयको विश्वास छ । नेपालको हिमाली र पहाडी क्षेत्रका पानीमा मानव स्वास्थ्यमा लागि आवश्यक खनिजतत्व ९मिनरल्स० हरु हुन्छन् । त्यसैले विदेशमा यस्तो पानीको माग उच्च रहेको वाणिज्य मन्त्रालयका अधिकारीहरु पनि बताउँछन् ।

२०७६ असार २ गते सोमवार १५:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु