"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

निगमको मूल्य समायोजन : पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। भारतबाट आएको नयाँ सूचीअनुसार मूल्य समायोजन गरेको निगमले जानकारी दिएको छ।

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य घटाइएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाल आयल निगम लिमिटेडले आइतबार राती १२ बजेदेखि लागु हुने गरी मूल्य घटाएको हो । निगमले पछिल्लो समय स्वचालित मुल्य समायोजन प्रणालीले उपभोक्ताले सहज र बढ्दो महंगिका समयमा पनि केहि राहतको महसुश भएको उपभोक्ताले बताएका छन् ।

निगमका निर्देशक एवम् प्रवक्ता वीरेन्द्र गोइतले विश्वबजारमा आएको तेलको मूल्य अनुसार घटाइएको बताए । उनले निगम समायोजन गरेको तेलको मुल्य आइतबार राती १२ बजेदेखि लागु भएको बताए ।

समायोजित मूल्यअनुसार पेट्रोल प्रति लिटर १०८ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ९६ रुपैयाँ ५० पैसा कायम गरिएको भएको छ । साथै हवाई ईन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत छ ।

२०७६ असार २ गते सोमवार ११:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु