"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

गुठी विधेयकको विरोध गर्दै बसन्तपुरमा प्रर्दशन

काठमाडौं । गुठी विधेयकको विरोधमा राजधानीको बसन्तपुर दरबार क्षेत्रमा प्रर्दशन भएको छ । ज्यापू महागुठी नेवाः केन्द्रीय समितिको आव्हानमा शनिबार बिहान बसन्तपुर दरबार क्षेत्रमा विरोध प्रर्दशन भएको हो ।

ज्यापू महागुठीअन्तर्गतका विभिन्न गुठीका गुठीयार तथा सर्वसाधरण सम्मिलित प्रर्दशनमा परम्परागत धार्मिक, सांस्कृतिक धरोहर अतिक्रमण गर्ने गरि गुठी विधेयक ल्याईएको भन्दै विरोधमा नाराबाजी गरिएको थियो । प्रर्दशनकारीले नेवाः एकता जिन्दावाद, गुठी विधेयक खारेज गरलगायत नारा लगाएका थिए । ज्यापू महागुठीका गुठीहरुको संलग्नतामा निकालिएको विरोध र्‍यालीले न्यूरोड, जैसीदेवल लगायतका स्थान हुँदै बसन्तपुरदरबार क्षेत्र पुगेर कोण सभामा परिणत भएको थियो ।

सरकारले ल्याएको गुठी विधेयकको सडकदेखि सदनसम्म विरोध हुँदै आएको छ । सत्तारुद दलकै सांसदहसमेत विधेयकको विरोध गर्दै आएका छन् । सरकारले मुलुकभरका गुठीहरुको व्यवस्थापन लगायतका कामका लागि प्राधिकरण गठन गर्ने र गुठीको जग्गा भोगचलन गर्दै आएका किसानको नाममा रजिष्ट्रेशन पास गरिदिने व्यवस्थासहितको गुठी विधेयक ल्याएपछि त्यसले परम्परागत धार्मिक तथा सांस्कृतिक धरोहरको अस्तित्व समाप्त पार्ने भन्दै मुलुकभरका गुठीहरु विरोधमा उत्रिएका हुन् ।

गुठी विधेयकको विरोधमा राजधानीलगायत मुलुकका विभिन्न स्थानमा दैनिक जसो विरोध प्रर्दशन हुँदै आएको छ । यस्तै, संघीय संसदमा पनि सांसदहरुले विधेयकको विरोध गर्दे आएका छन् ।

२०७६ जेठ ३२ गते शनिवार १६:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु