"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सरकारको तीव्र आलोचना : सार्वजनिक यातायातको भाडा वृद्धि निर्णय फिर्ता

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको ५ घन्टा नवित्दै निर्णय फिर्ता लिएको छ ।
यातायात व्यवस्था विभागले बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडा वद्धि गर्ने निर्णय गरेको थियो । विभागले देशभरको नयाँ भाडादर समेत सार्वजनिक गरिसकेको थियो ।

तर, ५ घन्टा नवित्दै वैज्ञानिक भाडा समायोजन गर्न भन्दै निर्णय स्थगन गरिएको छ । यातायात व्यवस्था विभागका निर्देश प्रेमनाथ सिंहले भने, ‘हाललाई थप छलफल गर्ने गरी स्थगन गर्दैर्छौं ।’

सरकारको यो निर्णय स्थगन मात्र गरिएको तर पूर्णरुपमा भाडा वृद्धि फिर्ता नलिए सम्म यात्रु, सरोकारवालाहरु र उपभोक्ताकर्मिहरुको विरोध नरोकिने उनिहरु बताउछन् । यसै सन्र्दभमा निर्णय स्थगन गराउन दभाव दिने सबै सरोकारवालाहलाई कञ्जुमर आई नेपालले धन्यवाद तथा आभार व्यक्त गरेको छ ।

विभागस्रोतका अनुसार भाडा बढाउने निर्णय भए लगतै प्रधानमन्त्री कार्यालयले चासो देखाएको थियो । बजेट पारित नहुँदै भाडा बढाउँदा सरकारको तीव्र आलोचना हुने भन्दै भाडा वृद्धिको निर्णय तत्काल स्थगन गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको स्रोतको दाबी छ ।

२०७६ जेठ ३१ गते शुक्रवार १२:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु