"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

काठमाडौं उपत्यकामा सार्वजनीक यातायात “रात्रि सेवा” संचालन गर्ने तयारी

दिउँसो मालवाहक सवारी साधन प्रवेशमा रोक

काठमाडौं । यातायात व्यवस्था विभागले यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै साझ ८ बजे देखि राति १० बजे सम्म सार्वजनीक यातायात रात्रि सेवा संचालन गर्ने तयारी गरेको जानकारी गराएको छ । विहीबार यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहालको संयोजकत्वमा बसेको बैठकले सार्वजनीक यातायात रात्रि सेवा संचालन गर्ने तयारीका लागि यातयात व्यवसायी, काठमाडौं उपत्यकाको ट्राफिक महाशाखा र उपभोक्ता अधिकारकर्मीहरु संग छलफल गरि संचालन गर्ने निर्णय लिएको छ । उक्त निर्णय कार्यान्वयन गर्नका लागि पून बैठक बसि निर्णय गरिने छ ।

माल बाहाक सवारी साधनका हकमा आगामी असार १ गतेदेखि निर्णय कार्यान्वयन गराउन ट्राफिक निर्देशनालयलाई पत्र समेत काटेको छ । साथै काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको लागि दिउँसोको समयमा विभिन्न सडकमा मालवाहक सवारी साधन संचालन तथा प्रवेशमा रोक लगाउने भएको छ।

उक्त बैठक सार्वजनिक विदाको दिन बाहेक बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म आपतकालीन र अत्यावस्यक सेवामा प्रयोग भएका बाहेक अन्य सबै प्रकारका मालवाहक सवारी साधनलाई संचालन तथा प्रवेशमा रोक लगाउने निर्णय गरेको हो। सो कार्यले काठमान्डौको यातायात आवागमनलाई सहज बनाउने मदत पुग्ने देखिन्छ । विभागले असार १ गतेदेखि निर्णय कार्यान्वयन गराउन ट्राफिक निर्देशनालयलाई पत्र समेत काटेको विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए।

दाहालका अनुसार काठमाडौं र ललितपुरको चक्रपथ भित्रका सबै क्षेत्र, भक्तपुरको भित्री शहरी क्षेत्र, काठमाडौं तथा ललितपुरका चक्रपथ बाहिरका चावहिल–जोरपाटी सडक, गोपिकृष्ण – कपन सडक, नारायण गोपाल चोक –बुढानिलकण्ठ सडक, बसुन्धारा क्षेत्र, सामाखुसी–ग्रण्डी अस्पताल सडक, बालाजु बाइपास –गोल ढुङ्गा सडक, कलंकि–थानकोट सडक, बागडोल–नक्खु सडक, सातदोबाटो–हरीसिद्धी सडक, ग्वार्को –चापागाउँ सडकमा बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म मालवाहक सवारी साधनलाई संचालन गर्न पाइने छैन।

अब यस्ता सवारी साधन बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म संचालन गर्न पाइँदैन,’ दाहालले भने। पानी, औषधि, दमकल, फोहोर लगायतका आपतकालीन र अत्यावस्यक सेवाका सवारी साधनलाई भने कुनै रोक नहुने दाहालले जानकारी दिए।

२०७६ जेठ १९ गते आइतवार १४:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु