सात दिनसम्म विदेश जाने कामदारको टिकट राक्दै,रोजगार व्यवसायी आन्दोलीत
काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघले रोजगारमा जाने कामदारका ७ दिन टिकट नकाट्ने भएका छन्।
आफूहरूका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन स्वरूप १७ गतेदेखि २३ गतेसम्म टिकट नकाट्ने निणर्य गरेको संघका प्रथम उपाध्यक्ष रामप्रसाद भान्तनाले जानकारी दिए।
‘नगद धरौटीको ब्याज आउनु पर्ने, मर्जरमा जान सहजीकरण गर्नु पर्नेलगायतका हाम्रा जायज माग सम्बोधन नभएकाले आन्दोलनमा गएका हौं,’ भान्तनाले सेतोपाटीसगँ भने, ‘यति गर्दा पनि हाम्रो माग सम्बोधन नभए चरणवद्ध आन्दोलनमा जान्छौं।’
संघले गत जेठ ३ गतेदेखि सात बुँदे माग राख्दै आन्दोलनको चेतावनी दिएका थियो।
मन्त्रालयलाई यस विषयमा केही पनि जानकारी नभएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले जानकारी दिए।
‘हामीलाई यो विषयमा केही जानकारी छैन। राम्रोसगँ बुझेरमात्र यो विषयमा बोल्छौ,’ रेग्मीले बताए।
-रासस
२०७६ जेठ १८ गते शनिवार १८:४० बजे प्रकाशित