"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

मेलम्ची खानेपानी आयोजना पुरा हुन अझै एक वर्षभन्दा बढी लाग्ने

काठमाडौं । मेलम्ची खानेपानी आयोजना संग इटालियन निर्माण कम्पनी सिएमसीले ठेक्का तोडेपछि लामो समय अलपत्र परेको मेलम्ची खानेपानी आयोजना अन्तर्गत सुरुङ र हेडवक्स निर्माणका लागि दुई वटा छुट्टाछुट्टै ठेक्का लगाउने अन्तिम तयारी भइरहेको छ ।

सुरुङको बााकी काम नेपाली निर्माण व्यवसायीबाटै गराउने भए पनि निर्माण सम्पन्न हुन भने एक वर्ष भन्दा बढी समय लाग्ने छ । बाँकी कामका लागि अनुमानित ३ अर्ब रुपैयाँ लाग्नेछ ।

सिएमसीले छाडेको बाँकी काम नयाँ ठेकेदारमार्फत गराउने भनिए पनि सुरुङमा देखिन सक्ने प्राविधिक समस्या निरुपण भने थप चुनौति पूर्ण नै छ ।

त्यतिमात्र होइन, सुरुङ सञ्चालन तथा पानी वितरणमासमेत पर्याप्त पूर्व प्राविधिक तयारी भइसकेको छैन । यसले एक वर्षपछि सुरुङ निर्माणको काम सकिए पनि सञ्चालन तथा वितरणमा जटिलता उत्पन्न हुनसक्छ ।

बहुप्रतिक्षित मेलम्ची आयोजनाको काम अब पनि तोकिएको समयमा सम्पन्न नहुने हो भने राजधानीको जनमानसमा नकारात्‍मक भाव पैदा हुन सक्छ । त्यसैले तोकिएको अवधिमा काम सक्ने तयारीका साथ नयाँ ठेक्का लगाउन जरुरी छ ।

२०७६ जेठ १३ गते सोमवार १८:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु