स्थलगत अनुगमन : मुल्यवृद्धि अनुगमनका लागि विज्ञसहितको टोली विभिन्न स्थानमा परिचालन
किसानबाट तरकारी बजारसम्म आउँदा तरकारीको मूल्य दोब्बर
काठमान्डौ । बजारमा तरकारी तथा दैनिक प्रयोगमा आउने खाध्य सामाग्रीहरुमा अस्वभावीक रुपमा मुल्य वृद्धि भएको उपभोक्ताहरुको व्यापक गुनासो आए पछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा, सरकारी अधिकारी, उपभोक्ताकर्मि, विषयगत विज्ञ र पत्रकार सहतको टोली विभिन्न स्थानमा परिचालन गरि अनुगमनलाई तिव्रता दिएका छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग अन्तर्गत अनुगमन शाखाका निर्देशक पवन कुमार तिमिल्सिनाले भने, काठमाण्डौमा तरकारी आउने ठाउँहरु धादिङ, मकवानपुर, काभ्रेका तरकारी संकलन केन्द्रमा गएर निरीक्षण गरिरहेका छौँ’ । अहिलेको अवस्था हेर्दा बजारमा आन्तरिक उत्पादन पुग्न नसकेर तरकारीको भाउ महंगिएको हो कि भन्ने अनुमान गरेका छौँ ।’
यस्तै काठमाण्डौका विभिन्न खुद्रा तथा होलसेल तरकारी व्यापारीहरुले पनि आफूखुसी मूल्य बढाउने गरेको हुदा त्यसको पनि नियमन गरेको उनले बताए । हामीहरुको टिम छानविनमा लागिरहेको छ’ उgले भन], ‘हामी जुनसुकै बेला पनि छापा मार्न सक्छौँ ।’
पछिल्लो समय बजारमा तरकारीको मूल्य आकासिएको छ । अरु तरकारीको तुलनामा टमाटरको मूल्य झनै बढेको छ । अघिल्लो महिना ५० रुपैयाँ प्रति किलो रहेकोे टमाटरको भाउ अहिले ११० रुपैयाँ पुगेको छ ।
अघिल्लो महिनाको तुलनामा यो महिना टमाटर, हरियो खुर्सानी, काउली, मटरकोशा, गाजर, अदुवा आदि तरकारीको मूल्य बढेको बढेको कालिमाटी फलफूल तथा तरकारी विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले बताए। अघिल्लो वर्षको भन्दा यो वर्ष अधिकांश तरकारीको मूल्य ३५ देखि २ सय ३ प्रतिशतसम्म बढेको उgको भनाई छ ।
तरकारीको आपूर्ति बढे पनि यसरी मूल्य वृद्धि हुनु अचम्मलाग्दो भएको उनले बताए । ‘औसत दैनिक तीन टनसम्म तरकारी आपूर्ति बढेको छ, तर पनि तरकारीको मूल्य घटेको छैन’ उहाँले भन्नुभयो, ‘अघिल्लो वर्षभन्दा यो वर्ष ६५ प्रतिशतदेखि १५७ प्रतिशतसम्म तरकारीको मूल्य वृद्धि भएकोे छ ।’
एक महिना अगाडि प्रति किलो ८० रुपैयाँ पर्ने हरियो खुर्सानीको मूल्य बढेर अहिले १५० पुगेको छ । यस्तै पहिले ४५ रुपैयाँ प्रति किलो पाइने स्थानीय काउली अहिले ८० रुपैयाँ नाघिसेको छ ।
अघिल्लो महिना प्रति किलो १५० रुपैयाँ पर्ने अदुवाको मूल्य बढेर २८० रुपैयाँ पुगिसकेको छ ।
मटरकोशाको मूल्य पनि एक महिना अगाडिको भन्दा अहिले २० रुपैयाँले बढेको छ । ७० पर्ने मटरकोशा अहिले बजारमा ९० मा बिक्री भइरहेको छ । तरकारीसँगै फलफूलको मूल्यमा पनि वृद्धि भएको छ ।
फलफूलमा पनि सबैभन्दा स्याउको भाउ वृद्धि भएको छ । पहिले १५० मा बिक्रि भइरहेको स्याउ अहिले २५० पुगिसकेको छ ।
एक महिना वैशाख १२ गते र जेठ १२ गतेको मूल्यसूचि यस्तो छ
हरियो खुर्सानी ८० अहिले १५०
काउली ४५ अहिले ८०
आलु रातो २६ अहिले ४५
मटरकोसा ७० अहिले ९०
गाजर २६ अहिले ६०
स्याउ सामान्य १५० अहिले २५०
अदुवा १५० अहिले २८०
तरबुजा ३८ अहिले ५५
किन बढ्यो तरकारी तथा फलफूलको मूल्य ?
सम्बन्धित निकायले अनुगमन नगर्दा एकाएक यसरी मूल्य वृद्धि भएको उपभोक्ता कर्मिले बताए ।
‘सम्बन्धित निकायले छानबिन गर्नुपर्ने हो । तर छानबिन प्रभावकारी भएको छैन’ ‘बिचौलियाले गर्दा तरकारी र फलफूलको भाउ आकासिएको हो । व्यापारीहरुको मनोमानीका कारण गलत प्रचार भइरहेको छ ।’
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पहिलेको भन्दा अहिले तरकारीको आपूर्ति बढेको छ । पहिलेको भन्दा अहिले दैनिक तीन टन बढी तरकारी आयात भएको समितिका उप निर्देशक विनय श्रेष्ठले बताए ।
भारतबाट आयात हुने केही तरकारीमा उतैबाट भाउ बढेर आउँदा यता महंगिएको उनको भनाइ छ । ‘भारतबाट मूल्यवृद्धि भएर आउने बित्तिकै नेपालमा उत्पादन हुने टमाटरको भाउ पनि महंगिएको छ, बिचौलियाले यसको फाइदा उठाइरहेका छन्’, उहाँले भन्नुभयो, ‘किसानबाट ५० रुपैयाँमा ल्याएको टमाटर कालिमाटी पुग्दासम्म ११० रुपैयाँ हुन्छ ।’
तरकारीमा पनि बिचौलियाहरु बढेको र सरकारी पक्ष यसको नियन्त्रणमा लागिपरेको उनले बताए ।
बजार अनुगमनमा तिव्रता
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग अन्तर्गत अनुगमन शाखाका निर्देशक पवन कुमार तिमिल्सिनाले तरकारीको मूल्यवृद्धिबारे तिव्र रुपमा अनुसन्धान भइरहेको बताए ।
मूल्य किन र कसरी बढेको हो भन्ने स्ष्ट कारण केही नदेखिए पनि आन्तरिक उत्पादन बजारमा नआएर मूल्यवृद्धि भएको हुनसक्ने उनको भनाइ छ ।
‘
२०७६ जेठ १२ गते आइतवार १९:२५ बजे प्रकाशित