जनताको खवरदारी : स्थानीयको आन्दोलनपछि बौद्धमा धमाधम कालोपत्रे
काठमाडौँ । राजधानीको चाबहिल-जोरपाटी-साँखु सडकखण्ड अन्तर्गत टुसालदेखि बौद्धसम्म मंगलबारदेखि कालोपत्रे सुरु गरिएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका इन्जिनियर एवं प्रवक्ता विश्वविजयलाल श्रेष्ठका अनुसार वर्षात्का कारण सडक कालोपत्रे गर्न ढिलाइ भएको हो । यो सडक खण्डको ठेक्का सम्झौता सकिएको र अहिलेसम्म भौतिक प्रगति ५० प्रतिशत भएको श्रेष्ठले जानकारी दिए । धूलो र हिलोका कारण यस सडकखण्डका वासिन्दाहरुले पटक पटक कालोपत्रेको माग राख्दै पटक पटक आन्दोलन गर्दै आएका छन् ।
२०७६ जेठ १ गते बुधवार १७:२७ बजे प्रकाशित