"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सडक निर्माण ढिला गरेको भन्दै ललितपुरवासी पनि आन्दोलित

ललितपुर । खराब बाटोका कारण दैनिक रूपमा धुँवाधूलो खेप्नुपरेको भन्दै सुनाकोठी, चापागाउँ हुँदै लेलेसम्मका स्थानीय बासिन्दाले अनिश्चितकालका लागि यातायात र सम्पूर्ण पसलहरु बन्द गरेका छन् । आइतबारबाट सडक निर्माण संघर्ष समितिले साँझ ५ बजेसम्म बन्दको आह्वान गरेको हो । चापागाँउको टाहाखेलदेखि धापाखेल दोबाटोसम्म उनीहरुले ठाउँ ठाउँमा अवरोध गरेका छन् । सडकमा प्रहरी नगन्य मात्रा परिचालित छन् । स्थानीयले ठाउँ ठाउँमा सडकमै टेन्ट गाडिएका छन् भने पसलहरु ठप्प छन् ।
विरोधमा उत्रिएका स्थानीय बासिन्दा प्रशासन र राजनीतिक दलले बेवास्ता गरेको भन्दै आक्रोश पोखिरहेका छन् । बन्दका स्थानीय र अन्य यात्रु मारमा छन् । बन्द खुलाउन कहींकतै पहल नभएको उनीहरुको गुनासो छ । केही दिन अघि बौद्धका स्थानीय पनि सडक निर्माण ढिला गरेको र धूलोधुँवा खपिनसक्नु भएको भन्दै आन्दोलित बनेका थिए । व्यवसाय नै बन्द गरेर व्यापारीहरु आन्दोलनमा उत्रेका छन् । ुसँधै धूलो खाएर बिरामी हुनुभन्दा सागपात खाएर बाँचौँलाु स्थानीय रिजना श्रेष्ठले भनिन् ।

२०७६ वैशाख २९ गते आइतवार १८:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु