बौद्ध–जोरपाटी सडक निर्माणमा किन ढिलासुस्ती गरेको भन्दै स्थानीय आन्दोलित
यात्रुहरुको प्रश्न : ठेक्का सम्झौता सकियो, निर्माण सक्न अझै कति समय लाग्छ ?

काठमाडौं । काठमाडौंको बौद्ध–जोरपाटी सडकखण्डको मर्मत सम्भार नगरेको भन्दै स्थानीय आन्दोलित बनेका छन् । चार वर्षदेखि सडकखण्डको कामलाई अलपत्र छाडेको बताउँदै उनीहरुले बिहीबार प्रदर्शन गरेका हुन् ।
बौद्धवासीले विरोधमा बजार समेत बन्द गराएका छन् भने प्रदर्शनका क्रममा स्थानीय र प्रहरीबीच घम्साघम्सी समेत भएको छ । उनीहरुले बिहान शंख बजार सरकारको सांकेतिक विरोध गर्दै सडक अबरूद्ध पारेका थिए ।
लामो समयदेखि निर्माणाधीन चावहिल-साँखु सडकखण्ड कालोपत्र नहुुँदा स्थानीय व्यवसायी र सर्वसाधारण हिलो र धुलोको समस्याबाट गुज्रिएका छन् । श्रावण–भाद्रमा हिलो रहेको सो सडक खण्डमा यतीबेला अत्याधिक मात्रामा धुलाम्मे भएको छ ।
सडक कालोपत्रे नएको भन्दै धुलोको मारमा परेका बौद्ध व्यापार संघ र स्थानीयले यातायात अवरुद्ध पारेका छन् । स्थानीय तथा व्यापारीले बिहानेदेखि गरेको सांकेतिक विरोधले सडक अस्तव्यस्त भएको छ । चावहिल–साँँखु सडकखण्ड तत्काल कालोपत्र गरी धँुवाधुलोबाट मुक्त गर्नुपर्ने उनीहरुको माग छ । चार वर्षदेखि सडक धुलाम्मे र हिलाम्मे हुँदा सयौँ व्यवसायी विस्तापित भएको स्थानीय व्यवसायी तथा बौद्ध व्यापार संघका अध्यक्ष दीपक चौलागाईंले दुखेसो पोखे ।
सडक कालोपत्र गर्न नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअधयक्ष सकुन्तलाल हिराचनको कम्पनीले ठेक्का पाएको थियो । बाटो कालोपत्र गर्ने विषयलाई लिएर धेरै पटक स्थानीय नेतासहितको टोली मन्त्रालय र सडक विभाग कार्यालय पुगिसकेको छ । तर मन्त्रालयले सडक विभाग, सडक विभागले ठेकेदार र ठेकेदारले स्थानीयवासीले मुद्दा हालेका कारण अदालतलाई दोष लगाउँदै पन्छिने काम मात्र गरिरहेका छन् । सरकारले यथास्थितिमा तत्काल सडक कालोपत्र गर्न निर्देशन दिएको थियो ।
२०७६ वैशाख २६ गते बिहीवार १४:०६ बजे प्रकाशित