"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

प्रतिपक्षको आलोचनालाई सरकारले सकारात्मक रुपमा लिनुपर्छ : प्रचण्ड

काठमाडौं । पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदको मंगलबार बसेको बैठकमा नीति तथा कार्यक्रममाथि प्रतिपक्षीबाट आएका आलोचनात्मक भनाईलाई सकारात्मक चुनौतीको रुपमा लिएर सरकार अघि बढ्नुपर्ने सुझाब दिएका छन् ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारको तयारी र प्रतिपक्षीको प्रतिवाद गर्ने तयारी गत बर्षको तुलनामा व्यवस्थित भएको उनले बताए । सत्तापक्षले राम्रा कार्यक्रम र नीति ल्याएपनि प्रतिपक्षीले विरोध गर्नुपर्ने र प्रतिपक्षीको सुझावलाई सत्तापक्षले पनि स्वीकार नगर्ने बाध्यताले समाजमा नकारात्मक दृष्टिकोणलाई प्रश्रय दिएको उनले बताए ।

सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा उनले राजनीतिक परिर्वतन र उपलब्धिलाई संस्थागत गर्दै परिर्वतन अनुसार राज्यका संरचनालाई रुपान्तरण गर्न राजनीतिक नेतृत्व ७० बर्ष देखि नै चुक्दै आएको टिप्पणी गरेका हुन् । उनले राजनीतिक नेतृत्वले मुलुकमा आएको राजनीतिक परिर्वतन अनुकुल राज्यका सबै संरचना बनाउन नसकेको बताएका छन् ।

‘राज्य संरचनाका अन्य अंगहरुले राजनीतिक नेतृत्वको प्रवृतिलाई भुत्ते बनाउन सक्ने खतरा देखिएको छ,’ उनले भने, ‘पुरानै सोच र शैली हावी हुने खतरा हुने त होइन रु अब केहीपनि हुन सक्दैन भन्ने अवस्था अझै पनि छैन ।’

उनले संघीय लोकतान्त्रिक गणतन्त्र अनुसारको संरचना विकास गर्ने, कर्मचारी समायोजन तथा कार्यशैलीगत समस्याका कयौ जटिलताहरु सामना गर्नुपरेको बताए । उनले जनताको विश्वासलाई जित्ने संकल्प गर्नुपर्नेमा जोड दिए ।

‘आफ्ना अगाडिका लक्षय पुरा गर्न हिजोको जस्तै त्याग, तपस्या र बलिदान गर्ने संकल्प नेतृत्वले र जनप्रतिनिधिहरुले गर्नुपर्छ,’ उनले भने, ‘त्यसो नगरे खतराको घण्टी बज्न सक्छ । आज नभए भोली भोली नभए पर्सि खतरा आउन सक्छ । त्यसकारण पनि लक्ष्य निर्धारण गर्दा यो विषयमा ध्यान दिनु जरुरी छ ।’

एक वर्षमा सम्मृद्धि र सुखी नेपालीको आकांक्षा सम्बोधन गर्नका लागि गरेका प्रयास र संविधान कार्यान्वयनका लागि आवश्यक ऐन समयमै बनाएकोमा उनले सरकारलाई धन्यवाद दिए ।

शान्ति प्रक्रियाका केही काम अझै बाँकी रहेको उल्लेख गर्दै संविधानको मर्म र भावना अनुसार ऐन बनाउने प्रक्रिया अघि बढे पनि टुंगो नलागेको उनले बताए । जनताले गणतन्त्रमक व्यवस्थाबाट गरेको अपेक्षालाई सकारात्मक ढंगले सम्बोधन गर्ने प्रक्रिया सुरु मात्रै भएकाले सबै राजनीतिक शक्तिहरु अझै पनि एकजुट हुन आवश्यक रहेको उनले बताए ।

२०७६ वैशाख २४ गते मंगलवार १५:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु