फोरम नेपाल र नयाँ शक्ति पार्टी एकीकरण
काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भएको छ । फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति संयोजक बाबुराम भट्टराईले सोमबार पार्टी एकीकरणको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
एकतापछि पार्टीको नाम ुसमाजवादी पार्टी नेपालु राखिएको छ । प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित घोषणासभामा भट्टराई र यादवले नौ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
नवगठित पार्टीकोसंघीय परिषद् अध्यक्षमा बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्षमा उपेन्द्र यादव चयन भएका छन्। यस्तै अशोकाकुमार राईवरिष्ठ नेता र सहअध्यक्षा राजेन्द्र श्रेष्ठ रहेका छन्।
दुवै दलबाट ८ जना उपाध्यक्षमा चयन भएका छन्। नवराज सुवेदी, युवराज कार्की, परशुराम खापुङ, रकम चेम्जोङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउत, हेमराज राई उपाध्यक्ष चयन भएका छन्।
महसचिवमा र उपमहासचिवमा तीनरतीनजना र सचिवमा चारजना चयन भएका छन्।महासचिवमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्द्ङवा, रामसहाय प्रसाद यादव रउपमहासचिवमा डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा प्रकाश अधिकारी रहेका छन्। मोहमद इस्तियाक राई, दुर्गा सोव, परशुराम बस्नेत, प्रशान्त सिंह रकोषाध्यक्षमा विजय यादव चयनगरिएको परिषद् अध्यक्ष भट्टराईले घोषणा गरे ।
नवगठित पार्टी प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुतिक निर्वाचन प्रणालीमा जाने भएको छ। संविधान सभाका बेला गठन गरिएको राज्य पुनर्संरचना आयोगको सुझावका आधारमा संविधान संशोधन गरी११ प्रदेशखाकाअघि सार्ने र पहिचानका आधारमा प्रदेशहरुको नामाकरण गर्ने सहमति छ।
२०७६ वैशाख २३ गते सोमवार १६:५१ बजे प्रकाशित