"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नीति तथा कार्यक्रम ‘गतिहीन’ भएको कांग्रेस प्रतिक्रिया

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले राष्ट्रपतिद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमले मुलुकबासीलाई झन् निराश बनाएको प्रतिक्रिया दिएको छ । नीति तथा कार्यक्रममा नयाँ विषय केही नभएको र सरकारले कमजोरी लुकाउन खाजेको आरोप प्रतिपक्षको छ ।

कांग्रेसले कार्यक्रमले राष्ट्रपतिलाई समेत विवादमा तानेको तर्क गरेको छ । नेता गगन थापाले कार्यक्रम सरकारको निजी हो वा मुलुकको भन्ने यकिन गर्न कठिन भएको बताए । विगतका प्रतिबद्धता पूरा नहुँदा जनता निराश भएको प्रसंग कोट्याउँदै थापाले आउने वर्ष झन् निराश हुने दावी गरे ।

यो वर्ष संघीयता कार्यान्वयनका हिसावले निराशाको वर्ष हो तर सरकारले यसलाई आत्मसात् गर्न सकेन । जनता निरास छन् तर नीति तथा कार्यक्रममा सबै राम्रैराम्रा कुरा मात्र आउनु दुर्भाग्य हो । कमजोरी ढाकछोप गर्न सामाजिक सुरक्षाका कुरा ल्याएर जनतालाई भुल्याउन खोजिएको छु, उनले भने, गत वर्षसम्म सरकारको नीतिका विषयमा समिक्षा हुनुपर्थ्यो , बाटो बिराएर अलमलिएको नीति आएको छ । यो नीतिले बजेट पनि आशालाग्दो आउने अपेक्षा गर्न सकिँदैन ।

कांग्रेस सांसद नारायण खड्काले नीति तथा कार्यक्रम लक्ष्य र उद्देश्य नभेटिएको भद्रगोल दस्तावेज भएको बताए । यो दस्तावेजले संघीयतालाई अलमल्याएको छ । कार्यक्रम प्रशस्त आएका छन्, यिनको कार्यान्वयन विषय प्रस्ट छैन । व्यापार घाटा
बढ्दो छ, वैदेशिक सहयोग घटेको छ । राजस्व संकलनको अवस्था उत्साहजनक छैन,ु उनले भने ।

सबै खालका कार्यक्रम घोषणा गर्दैमा लक्ष्य पूरा नहुने भन्दै खड्काले सरकारले स्रोत पहिचान नगरी खर्च मात्रको कुरा गरेको जनाए । ुदुई अंकको आर्थिक वृद्धिदर कसरी हुन्छ उल्लेख छैन, पूर्वमाओवादी र एमालेले नेतृत्व गरेको मन्त्रालयबीच नै समन्वय नभएको देखियो,ु उनले भने, ुगोलमोटोल रूपमा कार्यक्रम बनाएर औपचारिकता पूरा गरेको देखिन्छ ।ु

बजेटले मूर्तरूप दिने  सत्तापक्षको जिकिर 
नेकपाका सांसद घनश्याम भुसालले सामान्यतया सबै नीति कार्यक्रम यस्तै हुने गरेको बताए । मुख्यतया यो कार्यक्रमलाई बजेटले बोक्छ कि बोक्दैन भन्ने हो । बजेटले जे कुरा बोक्छ त्यो कार्यान्वयन हुन्छ कि हुन्न भनेर भोलि हेर्ने हो । यो नीति कार्यक्रम जे आयो त्यसलाई अनौठो मान्न पर्ने देखिँदैन । हामी के चाहन्छौं भन्ने घोषणामात्र हो ।ु नेकपाकै अग्नि सापकोटाले नीति तथा कार्यक्रम मुलुकलाई दिशानिर्देश गर्न उन्मुख रहेको बताए । उनले यसलाई अझ मूर्तरूप दिन बजेट कस्तो आउँछ हेर्नुपर्ने बताए । ुबजेट ठोस र मूर्त भएर आउनुपर्छ, आधारभूत वर्गलाई छुने खालको बजेट आउनुपर्छ, उनले थपे ।

२०७६ वैशाख २१ गते शनिवार १०:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु