बुधबारदेखि देशैभर कांग्रेसको जनजागरण अभियान
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलि ९बुधबार० देखि देशैभर राष्ट्रिय जनजागरण अभियान सुरू गर्ने भएको छ।
जागरण अभियानको काठमाडौंमा सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ भने ७७ जिल्लामा केन्द्रीय सदस्य प्रतिनिधिको रूपमा खटिएका छन्।
कांग्रेसले यो वर्षभर नै जनजागरण अभियान गर्ने जनाएको छ। तीन चरणमा हुने कार्यक्रम पुस १६ गते सकिनेछ।
पहिलो चरणमा लोकतन्त्र दिवसबाट सुरू हुने कार्यक्रम जेठ ११ गते सकिनेछ।
पार्टीको संगठन सुदृढीकरण र सरकारका नराम्रा कामविरूद्ध जनतामा चेतना जगाउन भन्दै कांग्रेसले कार्यक्रम गर्न लागेको हो। जनजागरण अभियानका क्रममास् भ्रष्टाचारविरूद्ध भातृ संस्था नेपाल तरुण दलले खबरदारी गर्नेसमेत कार्यक्रम छ।
गएको वर्ष मंसिरमा भएको संघरप्रदेश चुनावमा कांग्रेस धेरै ठाउँमा पराजित भएपछि जनजागरण अभियान सुरू गर्न नेतृत्वलाई पार्टीभित्रबाटै दबाब थियो।
२०७६ वैशाख १० गते मंगलवार १६:३९ बजे प्रकाशित