"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७० वर्ष पूरा

काठमाडौं । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७० वर्ष पूरा भएको छ । सत्तारुढ दल नेकपाले सोमबार काठमाडौंमा ७० औं वार्षिकोत्सव कार्यक्रमको आयोजना गरेको थियो ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले काठमाडौंको कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रम नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सम्बोधन गरेका थिए ।

सन् १९४९ को अप्रिल २२ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । तत्कालीन राणा सरकारको विरोधमा जनमत निर्माण गरी देशमा सामाजिक रुपान्तरण र जागरणका लागि पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थापना दिवसको अवसरमा जिल्ला कमिटीको पार्टी एकता मूलभूत रुपमा समेत टुंगिएको छ ।

२०७६ वैशाख १० गते मंगलवार १६:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु