ट्राफिकलाई तलबको ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता
काठमाडौं । सरकारले ट्राफिक प्रहरी भत्ता व्यवस्थापन निर्देशिका २०७५ स्वीकृत गरेको छ ।
गत बैशाख २ गते बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको निर्देशिकामा ट्राफिक प्रहरीको भत्ता तलब अनुसार ४० प्रतिशतसम्म वृद्धिको व्यवस्था गरिएको छ ।
ट्राफिक प्रहरी जवान र हवल्दारलाई ४० प्रतिशत, असई र सईलाई २० प्रतिशत, इन्सपेक्टर र डिएसपीलाइ १० प्रतिशत भत्ता वृद्धि हुने भएको हो ।
२०७६ वैशाख ६ गते शुक्रवार १२:५४ बजे प्रकाशित