"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

सर्वोच्चको न्यायाधीशमा सिफारिस पाँचै जनाको नाम सुनुवाइ समितिबाट अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ५ जनाकै नाम अनुमोदन गरेको छ । बिहीबार सबै ५ जनाको सुनुवाईपछि समितिले सर्वसम्मत रुपमा नाम अनुमोदन गरेको हो ।

न्यायपरिषदले केही दिनअघि सर्वोच्चको न्यायाधीशमा कुमार रेग्मी, हरि फुयाँल, मनोजराज शर्मा, प्रकाश ढुंगाना र सुष्मलता माथेमालाई सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिमा न्यायाधीश सिफारिसबारे ५ वटा उजुरी परेको थियो । सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि अब उनीहरुको नियुक्ति राष्ट्रपतिबाट हुनेछ ।

२०७६ वैशाख ५ गते बिहीवार १९:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु