"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

किन सफल हुन सकेन दूर्घटना न्युनिकरणका लागि सवारी परीक्षण कार्यालय खोल्ने सरकारी योजना ?

काठमाडौं । सडक दुर्घटनाका प्रमुख कारणमध्ये सवारीसाधन सहि अवस्थामा नरहनु पनि एक हो । दुर्घटनाबारे छानबिन गर्न सरकारले गठन गरेका विभिन्न समितिका अध्ययनले यही देखाएका छन् । त्यहि कारण सवारीसाधनको अवस्था परीक्षणका लागि हेटौंडा र बुटवलमा भेहिकल फिटनेस सेन्टर स्थापना गर्न सरकारले चालु आर्थिक वर्षको बजेटमा ४८ करोड रुपैयाँ छुट्याइएको छ । आर्थिक वर्षको नौ महिना वितिसक्दा पनि यातायात व्यवस्था विभागले ती दुवै शहरमा यस्तो सेन्टर स्थापना गर्ने प्रक्रिया अगाडि बढाएकै छैन । जसका कारण विनियोजित बजेट नै फ्रिज हुने अवस्था आइपुगेको छ ।

नयाँ सेन्टर खोल्ने त धेरै परको कुरा भयो जबकी छ वर्षअघि काठमाडौंको टेकुमा स्थापना भएको भेहिकल फिटनेस सेन्टर नै अझै पूर्ण क्षमतामा संचालनमा ल्याइएको छैन । आफैं सञ्चालन गर्ने वा निजी कम्पनीलाई दिने भन्नेमा विभाग अनिर्णित छ ।
तर परिणाम के भने दुर्घटनाचाहिँ दिनहुँ बढिरहेको छ । चालु वर्ष फागुन मसान्तसम्म मात्रै ५ हजार ९ सय ८० दुर्घटनामा १ सय ६९ जनाले अनाहकमा ज्यान गुमाएका र ३ हजार ८ सय ८७ जना घाइते भएका छन् । तसर्थ यो तथ्यांकले पनि सवारीसाधनको अनुगमन हुनैपर्ने अवस्थालाइ दर्शाएको छ ।

भेहिकल फिटनेस सेन्टर स्थापना र सञ्चालनमा सरकारी संवेदनहिनताले जनताको जीवनसँग खेलवाड गरिरहेको छ । तत्काल तदारुकताका साथ सेन्टर स्थापना र संचालनमा सरकार गंभीर हुन जरुरी छ ।
–कान्तिपुरबाट

२०७६ वैशाख ४ गते बुधवार ११:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु