"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

वीर अस्पताल बाहिरै आन्दोलनरत डाक्टरद्धारा ओपीडी सेवा सञ्चालन

अस्पताल आउने सबैलाई उपचार सेवा दिन्छौँ, तर भित्र जादैनौँ,

काठमाडौँ । आन्दोलनरत डाक्टरहरुले काठमाडौँको वीर अस्पतालबाहिरै ओपीडी सेवा सञ्चालन गरेका छन् । सर्वसाधारणलाई उपचारमा समस्या नहोस् भनेर अस्पताल परिसरमा ओपीडी सेवा सञ्चालन गरेको आन्दोलनरत सरकारी चिकित्सक संघका अध्यक्ष डा। दिपेन्द्र पाण्डेले बताए ।

‘अस्पताल आउने सबैलाई उपचार सेवा दिन्छौँ, तर भित्र जादैनौँ, अस्पतालबाहिरैबाट’ अध्यक्ष पाण्डेले भने । चिकित्सकहरुले बाहिरै ओपीडी सञ्चालन गरेपछि विरामीहरुले लाइन लागेर पालोमा चेकजाँच गराएका थिए ।

अस्पतालका टेवल, कुर्सी र उपकरणहरु अस्पतालबाहिर ल्याएर विरामी चेकजाँच गरेका उनीहरुले अस्पतालको रसिद, टिकट प्रयोग नगरी चिकित्सक संघकै लेटरप्याड र छाप प्रयोग गरेका छन् ।

यसअघि वीर अस्पताल प्रशासनले प्रहरी लगाएर ओपीडी विभागको टिकट काटेको थियो । चिकित्सकहरुले ओपीडी सेवा बन्द गरेको छैठौ दिन बुधबार बिहानबाट प्रशासनले प्रहरीको सहयोगमा ओपीडीको टिकट खुलाएको हो ।

प्रशासनले प्रहरी लगाएर ओपीडी टिकट बाँडेलगत्तै आन्दोलनरत डाक्टरले बाहिरैबाट सेवा सुचारु गरेका हुन् । तर, आन्दोलनरत डाक्टरहरुले मंगलबारको बैठकले अस्पताल बाहिरै ओपीडी सञ्चालन गर्ने निर्णय गरेकाले त्यहीँ अनुसार सेवा सुरु गरेको दावी गरेका छन् ।

कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै गत शुक्रबारबाट देशभरका सरकारी चिकित्सकहरुले अत्यावास्यक बाहेकका सेवा अवरुद्ध गरेर आन्दोलनलाई जारी राखेका थिए । सरकारी चिकित्सकहरुले आफुहरुलाई समायोजन गर्दा संघ अन्तर्गत नै राख्नुपर्ने मुख्य माग अघि सारेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारी चिकित्सकहरुका माग जायज नभएकाले अटेर गरेर सेवा अवरुद्ध गरिरहे सरकार कारवाही गर्न बाध्य हुने चेतावनी दिएका थिए ।
–रातोपाटीबाट

२०७५ चैत २७ गते बुधवार १५:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु