"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सिडियोलाई ज्ञापनपत्र : शिघ्र सेवा सुचारु नगरे आन्दोलन गर्ने चेतावनी

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङका अधिकांश ठाँउहरुमा विगत केहि समयदेखि विद्युतीय वितरण सेवामा वेतिथि ,अवरोध र टेलिफोन टावरको लगातार समस्यालाई मध्यनजर राख्दै नेपाली कांग्रेस जिल्ला कार्य समिती, नेविसंघ र तरुणदल मुस्तांङको सामूहिक नेतृत्वमा जिल्ला प्रमुख कार्यालयका सिडियो, सहायक घन श्याम गौतम, नेपाल टेलीकम मुस्ताङ कार्यवाहक कार्यलय प्रमुख सन्जय पौडेल, निलगिरी उपभोक्ता सहकारी सस्था कार्यलय प्रमुख सन प्रसाद थकालीलाई एकै स्थानमा ज्ञापनपत्र बुझाईयो ।
संविधानमा उल्लेख भए वमोजिम नागरिकले उपभोग गर्न पाउने सेवा सुविधाको निर्वाध र गुणस्तरीयता कायम गरि शिग्र उपलब्ध गराउन संबन्धित निकायहरुको अबिलम्ब ध्यानाकर्षण गराई चुस्त दुरुस्त सेवाको सुचारू होस् भन्ने माग ज्ञापनपत्रमा उल्लेख छ ।

 

ज्ञापनपत्र बुझाउने उक्त कार्यक्रममा बोल्दै कांग्रेस जिल्ला कार्य समितीका कोषाध्यक्ष विजय हिराचनले भने, यो ज्ञापनपत्र मात्र नभई यो समस्यालाई गम्भिर रुपमा लिएर समाधान तर्फको बाटो खोज्नका लागि निरन्तर खबरदारी र निगरानी पनि जारी रहने बताए । निलगिरी उपभोक्ता हक हित संरक्षण मञ्चका, अध्यक्ष सन प्रसाद थकालीले, भने संविधानले नागरिकलाई मौलिक हकका रुपमा दिएको अधिकार उपभोग गर्न पाउने कुरा बताउदै छिटो उपाय निकाल्न सम्बन्धीत निकायमा पहल गर्ने बताए ।

मुस्ताङ तरुण दलका सचिव सञ्जय थकालीले निरन्तर रुपमा नागरिकहरुलाई सेवाबाट बञ्चित गराए, युवा चुप लागेर नबस्ने र आन्दोलनमा निस्कने चेतावनी दिए । ने।वि।संघका जिल्ला सभापति, अशिम सेरचन लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

थासाङ गाउपालिका लगायत नागरिकका अत्यावश्यक र आधारभुत सेवा बिद्युत र संचारमा निरन्तर अवरोध हुदा यहाँका सबै स्थानिय लगायत पर्यटकहरुलाई पनि धेरै सम्स्या परेको काग्रेस नेता तथा युवा समाजसेवी, अविनास गौचन थकालीले बताए ।


पछिल्लो समय हिमाली जिल्लामा निरन्तर परेको हिमपातले केहिदिन देखि निरन्तर रुपमा विद्युत, संचार जस्ता सेवाहरुको अवरोध भएका छन ।

२०७५ चैत २५ गते सोमवार १६:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु