"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नेपालको सीमावर्ती क्षेत्रमा आँधी आउने भारतीय मन्त्रालयको दाबी, सचेत रहन आग्रह

तीनदिनसम्म देशभरको मौसममा बदली भई वर्षाको सम्भावना

काठमाडौँ । भारतको पृथ्वी विज्ञान मन्त्रालयले नेपालको सीमावर्ती क्षेत्र सिद्धार्थनगरलगायतका स्थानमा आँधीहुरी आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ ।

भारतको महाराजगंज र त्यस आसपासका क्षेत्रमा ५० किमी प्रतिघन्टाको गतिमा आँधीबेहरी आउने संभावना भएको जनाएको हो ।

सो समयमा भारतका कुशीनगर, बलरामपुरलगायतका क्षेत्रमा आँधीहुरी आउन सक्ने बताइएको छ । मन्त्रालयअन्तर्गत प्रभारी निदेशक मौसम केन्द्रले गत अप्रिल ४ मा जारी गरेको विज्ञप्तिमा अप्रिल ५ देखि ७ सम्म आँधी आउन सक्ने भन्दै सचेत गराएको हो ।
भारतले सचेत गराएका क्षेत्र नेपालको लुम्बिनी आसपासका क्षेत्र हुन् ।

तीनदिनसम्म देशभरको मौसममा बदली भई वर्षाको सम्भावना

मौसममा हुने बदलीसँगै अधिकांश भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका सिमाना र पश्चिमी पहाडका केही स्थानमा हल्का हावाहुरी चल्ने तथा उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिएको महाशाखाले जनाएको छ ।

शनिबार पनि अधिकांश भागको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनका साथ हल्कादेखि मध्यम वर्षा र बिहानको समयमा तराईमा हल्का हावाहुरी चल्ने महाशाखाले प्रक्षेपण गरेको छ ।

त्यस्तै आइतबार केही स्थानमा मेघ गर्जनसहित वर्षा र मध्य तथा पश्चिमका थोरै स्थानमा हल्का हावाहुरी चल्ने सम्भावना रहेको जानकारीसहित महाशाखाले तीन दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ ।

२०७५ चैत २४ गते आइतवार १२:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु