"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नेपाल लगानी सम्मेलन २०७५ : विभिन्न १५ वटा परियोजनामा समझदारी

सम्मेलनमा ४० मुलुकका ७३५ भन्दा बढी विदेशी र ६०० स्वदेशी सहभागी

काठमाडौं । नेपाल लगानी सम्मेलन २०७५ मा विभिन्न १५ वटा परियोजनामा समझदारी भएको छ।

शनिबार सम्पन्न सम्मेलनमा ऊर्जासहित विभिन्न क्षेत्रका १५ परियोजनामा लगानीका लागि समझदारी भएको हो।

कुन परियोजनामा कसले गरे लगानी ?

चौधरी समूहको स्वामित्व रहेको सिजी टेलिकमले नेपालमा फाइभजी सेवा सञ्चालनका लागि टर्किस टेलिकम टर्कसेलसँग सैद्धान्तिक सम्झौता गरेको छ।

६ सय मेगावाट सौर्य बिजुली उत्पादन गर्न चौधरी ग्रुप र क्यानडाको कम्पनीसँग सम्झौता गरेको छ।

नेपालमा फोटोभोल्टिक बिजुली उत्पादन गर्न नेपालको व्यवसायिक घराना चौधरी ग्रुपले क्यानडाको स्काई पावरसँग सम्झौता गरेको हो।

भारतीय कम्पनी एसजेभिएन (सतलज) ले निर्माण गरिरहेको अरुण तेस्रोमा लगानी जुटेको छ।

९ सय मेगावाटको यो परियोजनामा स्टेट बैंक अफ इन्डिया, एभरेष्ट बैंक र नबिल बैंकले संयुक्त रूपमा लगानी गर्ने भएका छन्।

१ सय ६४ मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा लगानी जुटेको छ।

उक्त परियोजनामा लगानी गर्न चीनको युनान सिन्ह्वा वाटर कम्पनी तयार भएको हो।

गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले नेपालको पूर्वाधार विकासमा १० अर्ब लगानी गर्ने भएको छ।

एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष स्थापनाका लागि एनआरएनएका अध्यक्ष भवन भट्टले लगानीको समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

बनेपामा बुटिक भिलेज रिसोर्ट निर्माण हुने भएको छ। व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले उक्त रिसोर्ट निर्माणका लागि वैदेशिक लगानी जुटाएका छन्। उनले लगानीका लागि सिनीरे कन्सल्टसँग समझदारी गरेका छन्।

विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले सिमरामा निर्माणधिन विशेष आर्थिक क्षेत्र निर्माण तथा सञ्चालनमा सहयोग गर्ने भएको छ।

अबको तीन वर्षभित्र नेपालमा १ खर्ब बढी लगानी गर्ने घोषणा गरेको उक्त संस्थाले सिमराको सेज९गार्मेन्ट प्रोसेसिङ जोन ०निर्माण गर्न सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ।

अपी पावर लिमिटेडले नेपालमा हावा, पानी र घामबाट बिजुली निकाल्न बेलायती कम्पनीसँग समझदारी गरेको छ।

अपी पावरले युके फर दि डेपलभमेन्ट अफ इनर्जी प्रोजेक्ट र कँडेल ग्रुप अफ कम्पनीसँग समझदारी गरेको हो। यसका साथै अन्य परियोजनामा पनि साझदारी भएको छ।

सरकारले सम्मेलनका लागि ५० र निजी क्षेत्रका २५ गरी कूल ७७ परियोजनालाई शो केशमा राखेको थियो । सम्मेलनकै क्रममा विभिन्न १५ आयोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको हो। यस्तै १७ वटा परियोजनामा आवेदन परेको छ । त्यसमा यातायात पूर्वाधारतर्फ सात, ऊर्जातर्फ चार, कृषिका तीन, शिक्षा तथा स्वास्थ्यका दुई र ढुवानी पूर्वाधारका एक परियोजनामा लगानीका लागि लगानीकर्ताले इच्छा व्यक्त गरेका छन् ।

सो सम्मेलनमा विदेशी लगानीकर्ताका साथै स्वदेशी उद्योगीरव्यवसायी उत्साहित भएका छन्।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० नेतृत्वको सरकारले पहिलो पटक आयोजना गरेको सम्मेलनमा सहभागी विभिन्न मुलुकका विभिन्न क्षेत्रका लगानीकर्ताबीच अनुभव आदानबाट नेपालमा ठूला पूर्वाधार विकास र लगानीको सम्भावनाको ढोका खुल्ने देखिएको छ।

सरकारले विदेशी लगानीको संरक्षण र मुनाफा सुरक्षित गराउन उद्घाटन सत्रमा प्रतिवद्धता व्यक्त गरेको थियो।

सम्मेलनमा ४० मुलुकका ७३५ भन्दा बढी विदेशी र ६०० स्वदेशी सहभागी थिए ।

२०७५ चैत १७ गते आइतवार १३:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु