"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

प्रदेश २ मा एसईई परीक्षा रद्द : विद्यार्थी आक्रोशित हुदै ठाउँठाउँमा विरोध प्रदर्शन

वीरगन्ज र जनकपुर । प्रदेश २ को नियमित तर्फको सामाजिक विषयको परीक्षा रद्द गरिएको भन्दै ८ जिल्लाका विद्यार्थीले ठाउँरठाउँमा विरोध जनाएका छन् । धनुषा, पर्सा, रौतहट, सप्तरी लगायतका जिल्लाहरुमा विद्यार्थीले परीक्षा रद्द भएकोमा टायर बालेर प्रदर्शन सुरु गरेका छन् ।
शुक्रबार हुने सामाजिक विषयको प्रश्नपत्र बिहीबार रातिदेखि नै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छ्यापछ्याप्ती भएपछि परीक्षा नियन्त्रण कार्यालयले नियमिततर्फको परीक्षा स्थगित गरेको थियो । जनकपुरमा आक्रोशित विद्यार्थीले ढल्केबर(जनकपुर सडकमा टायर बालेर अवरुद्ध पारेका छन् । उनीहरुले बजार बन्द गराउँदै हिँडेका छन् ।

२०७५ चैत १५ गते शुक्रवार १२:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु