माया घर अनाथ बाल आश्रमको संरक्षणका लागि महाँयज्ञ संचालनमा
बालबालिकाहरुको भविष्यका लागि सहयोग गर्नुहुन सबैमा अनुरोध
काठमाडौं । कीर्तिपुर भत्केपाटीमा संचालित माया घर अनाथ बाल आश्रमको संरक्षण, सवर्धन र यस आश्रममा आश्रित बालबालिकाहरुको शिक्षा, दिक्षा पालन पोषणको लागि श्रीमद भागवद महाँपुराण तथा धन धान्यनन्चल ज्ञानमहाँयज्ञ शुभारम्भ भएको छ । यो धन धान्यनन्चल ज्ञानमहाँयज्ञ चैत ११ गते देखि १९ गते सम्म संचालनमा रहने छ ।
वास्तवीक धर्म नै मानविय सेवा हो र यी सधै एक अर्काका परिपुरक हुन । धर्मले पनि सेवालाईनै महत्व दिन्छ भने सेवाले मानवियतालाई महत्व दिन्छ । २०६७ सालमा स्थापना भएको सो अनाथ बाल आश्रममा अहिले २५ बालबाललिकाहरुले आश्रय लिइरहेका छन । आश्रमका बस्दै आएका बालबालिकाको समुज्वल भविष्य सुनिश्चित गर्नका लागि यहिँ चैत ११ गते देखि १९ गते सम्म धन धान्यनन्चल ज्ञानमहाँयज्ञ संचालनमा छ । अबोध बालबालिकाहरुको मानविय सेवाको सयोगार्थ यो सत्कर्ममा उनिहरूको अभिवावक हामि सबै हौ दिलखोलेर सहयोग र सार्थक धर्म गर्नुहुन सबै मानवजगतमा अनुनय गर्नुहुन्छ माया घर (अनाथ बाल आश्रम) संरक्षक ज्यो. प. डा. रुद्रनाथ अधिकारी ।
आश्रमको आफ्नै भौतिक संरचना, आवास गृह तथा कुनै स्थायी आयस्रोत र कोष नभएको र आर्थीक अभाव र कठिनाई परेको हुदा यो यज्ञको आयोजना गर्नुपरेको माया घर अनाथ बाल आश्रम संचालन कि अध्यक्ष दुर्गा पौडेल आचार्यले बताउनु भयो । यति चैत्र ११ गते देखि १९ गते सम्म सञ्चालन हुने सो महाँयज्ञको मुख्य लक्ष्य भनेको भवन निमार्ण तथा बालगृहको नाममा अक्षयकोषको स्थापना गर्नु रहेको उहाँले जानकारी दिनु भयो ।
यस पवित्र संकल्पको पूर्णताका लागि सम्पुर्ण दानविर महानुभावहरुलाई धन धान्यनन्चल ज्ञानमहाँयज्ञमा सहभागी भई कथा र पाठ श्रमण गरि आफ्नो इच्छा अनुसारको सहयोग गरिदिनुहुन मुल आयोजक समितिले अनुरोध गरेको छ ।
संस्थाले एचआइभिलागेका आमा बाबुबाट जन्मिएका बालबालिका,दुर्घटना आमा बुबा गुमाएर अनाथ बनेका बालबालिका लगाएत अन्य अनाथहरुलाई संरक्षण दिँदै आएको छ भने सबैलाई बोर्डिङ स्कुलमा पढाइरहेको छ । संस्थाले सबैलाई १२ कक्षा सम्म अध्यनको ब्यवस्था गरिरहेको संस्थाका संरक्षक ज्योतिष रुद्रनाथ अधिकारीले जानकारी दिनुभयो ।
यहि सोमवार ११ बजे उद्घाटन भएको उत महायज्ञमा एनआरएनका प्रतिनिधि, सामाजिक प्रतिठिष्त दिग्गद व्यक्तीहरु, जनप्रतिनिधिहरु र सरकारी निकायका उच्चपदस्थ व्यक्तीहरु लगायत महानायक राजेश हमाल पनि सो कार्यक्रममा सहभागी हुनुभएको थियो ।
महायज्ञ मायाघर रारा हिलबाट करिव सय मिटर माथी भत्केपाटी किर्तिपुरमा सञ्चालन यहिँ १९ गते सम्म संचालन हुँदै छ । सो महायज्ञमा युवा बाचक ठाकुर प्रसाद सुवेदीले बाचन गर्ने छन । यस्ता शुभकामको लागी गरिने महाँयज्ञमा देश तथा विदेशमा रहेका सहयोग मन एका नेपालीहरुले सक्दो सहयोग गर्नहुनेछ भन्ने आशावादी हुदै सबैमा अनुरोध गर्दछौ ।
२०७५ चैत १३ गते बुधवार १२:३६ बजे प्रकाशित