काठमाडौंमा यी हुन् ब्रुमरले सफा गर्ने सडक

काठमाडौं । काठमाडौं महानगरपालिकाले धुलो नियन्त्रण गर्न पाँचवटा रुटमा ब्रुमर सञ्चालन गर्दैछ । पाँचवटा ब्रुमर फरक फरक रुटमा सडक बढार्दै गुडाउने महानगरपालिकाले जनाएको छ ।
टेकुबाट छुट्ने पाँचवटा ब्रुमर फरक फरक रुटमा सडक बढार्दै अघि बढ्नेछन् ।
पहिलो रुट टेकुबाट सुरु भई सोल्टीमोड हुँदै कलंकी फेरि सोल्टीमोड, टेकु, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जुद्धशालिक, महांकाल, जमल, लाजिम्पाट, शितल निवास, शिक्षण अस्पताल, नारायणगोपाल चोकसम्मको मूल सडकसम्म पुग्नेछ । त्यसपछि फर्केर जमल, विश्वज्योति, घण्टाघर, भद्रकाली, शहीदगेट हुँदै सुन्धारासम्मको सडक बढार्नेछ ।
दोस्रो रुट टेकुबाट त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बबरमहल, वानेश्वर, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म ब्रुमर पुग्नेछ । त्यसपछि त्यहाँबाट फर्केर तीनकुनेबाट कोटेश्वर पेप्सीकोलासम्मको सडक बढार्नेछ । पेप्सीकोलाबाट कोटेश्वर नयाँ वानेश्वर, बबरमहल, माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, टेकु, कालिमाटी हुँदै बल्खुसम्म पुगेर फर्किनेछ ।
यस्तो छ ब्रुमर चल्ने रुट हेर्नुहोस्
२०७५ चैत १२ गते मंगलवार १४:५५ बजे प्रकाशित